कतारमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक बेपत्ता

कतारमा एक सैन्य हेलिकोप्टर दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको ज्यान गएको पुष्टि भएको छ। उक्त हेलिकोप्टरमा कुल सात जना सवार रहेको जनाइएको छ।

सरकारी अधिकारीहरूका अनुसार खाडी क्षेत्रमा पर्ने कतारको जलक्षेत्रभित्र नियमित उडानका क्रममा हेलिकोप्टरमा समस्या उत्पन्न भएपछि दुर्घटना भएको हो।

कतारको आन्तरिक मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणमा एक जना अझै बेपत्ता रहेको र उनको खोजी कार्य जारी रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको जानकारीमा प्राविधिक गडबडीका कारण हेलिकोप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ।

तपाईको प्रतिक्रिया