सावित्रा भण्डारीलाई नेपाली महिला फुटबल टिमको कप्तानी जिम्मेवारी

काठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तानी जिम्मेवारी सावित्रा भण्डारी (साम्बा) लाई सुम्पिएको छ। नयाँ मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले आइतबार एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलअघि सावित्रालाई कप्तानको जिम्मेवारी दिँदै टोलीको पहिलो रोजाइ घोषणा गरेका हुन्।

यसैसँग सावित्रा महिला फुटबल टिमको इतिहासमा कप्तानी गर्ने १२औँ खेलाडी बनेकी छन्।

लाओसविरुद्ध हुने खेलमा नियमित कप्तान र गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले स्थान पाइनन्। उनको ठाउँमा अञ्जना पहिलो रोजाइमा सहभागी हुनेछिन्।

नेपाली टोली समूह ‘एफ’ मा रहेको छ, जसमा लाओस, श्रीलंका र उज्बेकिस्तान रहेका छन्। छनोट अन्तर्गत नेपालले पहिलो खेल जुन २९ मा लाओससँग खेल्नेछ। त्यसपछि जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग प्रतिस्पर्धा हुनेछ। समूहका सबै खेल उज्बेकिस्तानमै आयोजना गरिने तालिका तय भएको छ।

तपाईको प्रतिक्रिया