नेपालको नमीठो हार, टी-२० विश्वकपको मौका गुम्यो

विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने मौका गुमाएको छ। सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी -२० एसिया छनोट अन्तर्गत आइतवारको अन्तिम खेलमा आयोजनले नेपाललाई ८२ रनले पराजित गरेपछि नेपालको सपना तुहिएको हो। टस जितेर सिङ्गापुरले पहिलो ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १९१...

एसीसी यू-१९ क्रिकेट: सागरको शानदार प्रदर्शनले हङ्‍कङ पराजित, नेपाललाई उपाधि

नेपालको १९ वर्षमुनिका खेलाडीहरूको क्रिकेट टोलीले अर्को उपाधि थपेको छ। हङ्‍कङलाई फाइनलमा पराजित गर्दै नेपालले एशियाली यू-१९ पूर्वी क्षेत्रीय प्रतियोगिता २०१९ जितेको हो। प्रतियोगिताको सफल बलर सागर ढकालले पाँच विकेट लिएपछि पाएको ९६ रनको लक्ष्यनेपालले १६.१ ओभरमा चार विकेटगुमाएर पुरा गरेको छ। यो विजयसँगै नेपाल अगस्टमा श्रीलंकामा आयोजन हुने र सन् २०२० मा...

अर्जेन्टीनी कोपा टोलीको घोषणा

कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । अर्जेन्टिनी टोली गोलरक्षक : फ्रान्को अर्मानी, अगस्टिन मार्चेसिन र इस्टेब्यान एन्ड्राडा डिफेन्डर : निकोलस ओटामेन्डी, रामिरो फुनेस मोरी, मार्काेस अकुना, निकोलस टागलियाफिको, जर्मन पेज्जेला, रेन्जो साराभिया, मिल्टन केस्को र जुवान फोयथ मिडफिल्डर : एन्जल डि...

विश्वकपका लागि पाकिस्तानको टोली घोषणा

इंग्ल्यान्ड र वेल्समा यही मे ३० तारिखदेखि सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेटको लागि पाकिस्तानले आफ्नो राष्ट्रिय खेलाडीको घोषणा गरेको छ। पाकिस्तानको टोलीः सरफराज अहमद(विकेटकिपर तथा कप्तान), आसिफ अलि, बाबर आजम, फकर जमां, हैरिस सोहेल, असन अलि, इमद वसीम, इमाम उल हक, मोहम्मद आमिर, मोहम्मद हफिज, मोहम।मद हसनैन, शादाब...

सीपीएल: ७० हजार डलरमा सन्दीप अनुबन्ध

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि बार्बाडस ट्राइडेन्टस टोलीमा अनुबन्ध भएका छन् । गत सिजन उनले सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सबाट खेलेका थिए । त्यसबेला उनको मूल्य मात्र ५ हजार डलर थियो । यो पटक उनको मूल्य पनि बढेको छ ।...

विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
काठमाडौँ, असोज २१ गते । विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक २७ गतेदेखि धनगढीमा हुने भएको छ । सुदूरपश्चिम प्रदेश आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि खेलकूद क्षेत्रमा यो प्रदेशले आफ्नो छुट्टै पहिचान बोकेको भन्दै धनगढीमा राष्ट्रव्यापी खेलकूद प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ । शनिबार यहाँ आयोजित...

भलिबलको उपाधि एपिएफलाई

काठमाडौँ, ६ असोज । पाँचौँ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा भएको फाइलन खेलमा एपिएफले गण्डकी प्रदेशलाई २५–१९, २५–१५ र...

क्यानाडामा नेपाली खेलाडीलाई पदक

क्यानाडामा नेपाली खेलाडीलाई पदक
काठमाडौँ, ६ असोज । राजु नगरकोटीले क्यानडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आज कास्य पदक जितेका छन् । क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । राजु सहभागी स्पर्धामा नौ मुलुकका खेलाडी सहभागी थिए । नुवाकोट...

झापामा क्रिकेट प्रतियोगिता

भद्रपुर, ५ असोज । कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा शनिबारदेखि राष्ट्रियस्तरको खुल्ला नकआउट टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही असोज १२ गतेसम्म हुने उक्त प्रतियोगितामा मकवानपुर क्रिकेट एकेडेमी, युथ क्रिकेट एकेडेमी, उदयपुर क्रिकेट एकेडेमी, खुकुरी क्रिकेट एकेडेमी, ह्वाइट वास क्रिकेट क्लब, लाली गुराँस क्रिकेट एकेडेमी र...

खेलाडी दर्ता आजदेखि शुरु

काठमाडौँ, ३ असोज । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया आजदेखि शुरु भएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज विज्ञप्ति जारी गरी प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको जनाएको हो ।...