एपिएफ चन्द्रागिरी गोल्डकपको क्वाटरफाइनलमा, संकटा ४–२पराजित

काठमाडौं– विभागीय टिम नेपाल एपिएफ क्लब संकटालाई पराजित गर्दै राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

एपिएफले संकटालाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

एपिएफका सुदिप शिख्र्राकार, नवीन लामा, आशिष लामा र राजीव लोप्चनले गोल गरे। संकटाका कप्तान अमित तामाङ र क्षितिजराज जिटीले मात्रै गोल गर्न सफल भए। मासऔके पिएरे र रोमन लिम्बुको प्रहार गोलरक्षक अमृत चौधरीले रोकिदिएका थिए।

चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको खेलमा एपीएफले खेलको ३२औं मिनेटमा सन्तोष नेपालीको गोलबाट अग्रता बनाएको थियो। सुदिप शिख्राकारको क्रस पासलाई संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सन्तोषले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त

प्रहार गोलरक्षक विनय श्रेष्ठले रोक्ने कुनै मौका नै पाएन। कप्तान अमित तामाङले खेलको अतिरिक्त समयमा गोल गर्दै संकटालाई बराबरीमा ल्याए। बाँकी समयमा गोल नभएपछि खेलको छिनोफानो टाइबे्रकराट लिइएको हो।

अब एपिएफले शनिबार सेमिफाइनल प्रवेशका लागि सरस्वती युथ क्लबसाग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा विजेताले ६ लाख ५० हजार र दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ जित्नेछन्।

तपाईको प्रतिक्रिया