१३औँ दक्षिण एसियाली खेलकुद (साग) : भलिबल खेल आजबाट सुरु

काठमाडौं( १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिताका भलिबल खेल आजबाट सुरु हुदैछ।

मंसिर १५ मा औपचारिक उद्घाटन हुने भएपनि भलिबल खेल आजदेखि हुन लागेको हो। त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे महिला भलिबलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भारत छन्। समूह ‘बी’ मा भने माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन्। यस्तै समूह ‘बी’ को खेलमा माल्दिभ्सले पाकिस्तानसँग ५ बजे प्रतिस्पर्धा गर्नेछ ।

सागमा पुरुष भलिबलतर्फ नेपालले आज बेलुका ७ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा नै हुनेछ।

तपाईको प्रतिक्रिया