साउथह्याम्प्टनलाई हराएपछि लिभरपुललाई शीर्षस्थानमा फराकिलो अग्रता

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानमा फराकिलो अग्रता बनाएको छ। गएराति साउथह्याम्प्टनलाई पराजित गरेसँगै लिभपुलले तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ८ अंकको अग्रता बनाएको हो। सेन्ट मेरिज स्टेडियममा गएराति लिभरपुल ३-२ गोलले विजयी भएको थियो। त्यसक्रममा मोहम्मद सलाहले दुई गोल गरे। ३० मिनेटमा डोमिनिक जोबोस्लाईले लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए। ४२ मिनेटमा साउथह्याम्प्टनका एडम...

सिटीको खराब लय कायमै, टोटनहमविरुद्ध फराकिलो हार

काठमाडौं । पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो हार व्यहोरेको छ । सिटीले शनिबार राति भएको खेलमा घरेलु मैदान इत्तिहाद रंगशालामै टोटनहमविरुद्ध ४–० को फराकिलो हार व्यहोरेको हो ।  टोटनहमको जितमा जेम्स म्याडिसनले दुई गोल गरे । पेड्रो पोरो र ब्रनान जोन्सनले समान एक गोल थपे ।...

अस्ट्रेलियाविरूद्ध भारतको खराब ब्याटिङ, सात ब्याटरले बनाउन सकेनन् दोहोरो अंकमा रन

‍घरेलु टोली अस्ट्रेलिया र भारतबीच पाँचको खेलको टेस्ट सिरिज शुक्रबारदेखि पर्थमा सुरू भएको छ। पहिलो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्ग्समा पहिलो दिनको टी ब्रेकअघि १५० रनमै अलआउट भएको छ। ओपनर यशस्वी जैसवाल शून्यमा आउट भएका थिए। उनले आठ बल मात्र खेले। अर्का ओपनर केएल राहुलले २६ रन मात्र...

थप एक सिजन म्यानचेस्टर सिटीमै पेप ग्वार्डिओला 

इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले एक वर्षको सम्झौता लम्ब्याउने सहमति गरेका छन्। यद्यपि सिटीले एथलेटिकमा पहिलो पटक प्रशासित गरिएको समाचारमा टिप्पणी गर्न अस्वीकार गरिरहेको छ। तर पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले ग्वार्डिओलाले सिटीमा आफ्नो बसाइ १० वर्षसम्म पुर्‍याउन नयाँ सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको दाबी गरेका छन्। ५३ वर्षीय स्पेनिस प्रशिक्षक ग्वार्डिओला...

चौथो खेलमा कर्नाटक यू-१९ ले नेपाललाई हराएसँगै सिरिज बराबरीको अवस्थामा

चौथो खेलमा कर्नाटक यू-१९ ले नेपाललाई हराएसँगै सिरिज बराबरीको अवस्थामा
एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीविरूद्ध भारतको कर्नाटक यू-१९ टोलीले चौथो खेलमा जित निकालेको छ। पाँचको खेलको सिरिजको चौथो खेलमा कर्नाटक ५ विकेटले विजयी भएसँगै सिरिज २-२ को बराबरीको अवस्थामा पुगेको छ।  यसअघि आइतबार मुलपानीमा भएको तेस्रो खेलमा नेपाली टोलीले १ सय २१ रनको जित निकालेसँगै सिरिजमा २-१ को...

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए...

यूईएफए नेसन्स लिग : इटालीलाई हराएर फ्रान्स शीर्षमा

काठमाडौँ — एडरिन रेबियटको दुई गोलमा फ्रान्सले यूईएफए नेसन्स लिगमा आइतबार इटालीलाई ३–१ ले हराएको छ । यो जितसँगै फ्रान्सले लिग–वानको ग्रुप–टु जितेको छ । इटाली एकै गोल अन्तरले मात्र पराजित रहेको भए समूह विजेता हुने थियो । सानसिरोमा भएको खेलमा मार्सेली मिडफिल्डर रेबियटले दोस्रो र ६५ औं मिनेटमा एक एक गोल गरे । सन्...

सुदूरपश्चिम रोयल्सको जर्सी र एन्थम सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको जर्सी र एन्थम सार्वजनिक गरिएको छ।  काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा टोलीको जर्सी र एन्थम सार्वजनिक गरिएको हो।  टोलीका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, मालिक स्वतन्त्रप्रताप शाह र ब्रान्ड एम्बासडर दीपक विष्टले जर्सी सार्वजनिक गरेका हुन्।  ड्रोनमार्फत टोलीको जर्सी कार्यक्रम हलमा पुर्‍याइएको थियो। ड्रोनले मार्की खेलाडी दीपेन्द्रको नाम...

बङ्गलादेशसँगको एकदिवसीय श्रृंखला अफगानिस्तानले जित्यो

२७ कात्तिक, काठमाडौं । अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ । यूएईको शारजाहमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ५ विकेटले विजयी भएसँगै अफगानिस्तानले श्रृ‌ंखला २-१ ले जितेको हो । बङ्गलादेशले दिएको २४५ रनको लक्ष्य अफगानिस्तानले १० बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । अफगानिस्तानका ‌ओपनर रहमुनल्लाह...

ललित स्मृति यू-१६ युथ लिग कात्तिक २८ देखि

कात्तिक २६ , काठमाडौं । ललित स्मृति यू-१८ एन्फा युथ लिगको खेलहरु कात्तिक २८ गतेदेखि पुन: सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि रोकिएको यू-१८ लिगको बाँकी खेलतालिका सार्वजनिक गरेको हो । जस अनुसार कात्तिक २८ गते बुधबार दुई खेल हुनेछ । पहिलो खेल जावलाखेल युथ क्लब र एनआरटीबीच १२...