अर्जेन्टीनी कोपा टोलीको घोषणा

कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
अर्जेन्टिनी टोली

गोलरक्षक : फ्रान्को अर्मानी, अगस्टिन मार्चेसिन र इस्टेब्यान एन्ड्राडा

डिफेन्डर : निकोलस ओटामेन्डी, रामिरो फुनेस मोरी, मार्काेस अकुना, निकोलस टागलियाफिको, जर्मन पेज्जेला, रेन्जो साराभिया, मिल्टन केस्को र जुवान फोयथ

मिडफिल्डर : एन्जल डि मारिया, रोबर्टाे पेरेरा, जियोभानी लो साल्सो, लियान्दो पाराडेस, रोड्रिगो डि पल, गुइडो रोड्रिग्वेज र इजेक्वेल पालासियोस

स्ट्राईकर : कप्तान लियोनल मेस्सी, सर्जियो अग्युरो, पाउलो डिबाला, लौटारो मार्टिनेज र माटियस सुवारेज

यो पटक अर्जेन्टिनाको टिम निकै बलियो देखिएको छ । स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका कप्तान मेस्सी, इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका सर्जियो अग्युरो र इटालियन सिरि ए को उपाधि दिलाएका पाउल डिबेला जस्ता चर्चित फरवार्ड टिममा परेका छन् ।
अर्को मिहना ब्राजीलमा आयोजना हुने कोपा अमेरिकामा अर्जेन्टिनाले समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्दैछ । यस समूहमा अर्जेन्टिना सहित कोलम्विया, पाराग्वे र एसियाली टोली कतार रहेका छन् ।

तपाईको प्रतिक्रिया