विश्वकपका लागि पाकिस्तानको टोली घोषणा

इंग्ल्यान्ड र वेल्समा यही मे ३० तारिखदेखि सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेटको लागि पाकिस्तानले आफ्नो राष्ट्रिय खेलाडीको घोषणा गरेको छ।
पाकिस्तानको टोलीः सरफराज अहमद(विकेटकिपर तथा कप्तान), आसिफ अलि, बाबर आजम, फकर जमां, हैरिस सोहेल, असन अलि, इमद वसीम, इमाम उल हक, मोहम्मद आमिर, मोहम्मद हफिज, मोहम।मद हसनैन, शादाब खान, शाहिन अफरिदी, शोयब मलिक तथा वहाब रियाज।
पाकिस्तानले मे ३१ तारिखमा वेष्ट इन्डिजविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गर्ने छ ।
पाकिस्तान २७ वर्षपछि उपाधि जित्ने लक्ष्यसहित विश्वकपमा होमिएको छ ।

तपाईको प्रतिक्रिया