संवैधानिक परिषद् अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं —
सरकारले संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जारी गर्न पुनः सिफारिस गर्ने निष्कर्ष निकालेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार अध्यादेशलाई कुनै संशोधन नगरी अघिकै स्वरूपमा नै राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरिएको हो।

यसअघि राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचारका लागि मन्त्रिपरिषद्मा फिर्ता पठाएका थिए। त्यसपछि सरकारले पुनः सोही प्रस्तावलाई अघि बढाउने तयारी गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया