सुनको मूल्यमा उल्लेख्य गिरावट, तोलामा ५ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो।

महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँ निर्धारण गरेको जनाएको छ। अघिल्लो कारोबार दिन बुधबार भने यही सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५० रुपैयाँले सस्तो हुँदै ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि चाँदीको मूल्य प्रतितोला ४ हजार ४८५ रुपैयाँ कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिँदै आएको छ। बिहीबारको कारोबारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य कमी आएको हो।

तपाईको प्रतिक्रिया