सरकारको दायित्व देशलाई निर्वाचन मार्फत स्थायित्व र निकासतर्फ लैजानु हो, गृह मन्त्रालय आफ्नो जिम्मेवारी शुद्ध नीयत र कर्मनिष्ठताका साथ पूरा गरिरहेको छ: गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय अत्यन्त संवेदनशील क्षेत्र भएकाले हरेक गतिविधि सार्वजनिक गर्न सम्भव नहुने बताएका छन्। पछिल्लो समय नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङलगायतले मन्त्री अर्यालमाथि गरेको निरन्तर आलोचनापछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। मन्त्री अर्यालले फेसबुकमा लेख्दै भनेका छन्, “गृह मन्त्रालयका कतिपय विषयमा हामी के...

काठमान्डु गोर्खाजको टोलीमा जोडिए अनुभवशाली अलराउन्डर सन्नी पटेल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजले आफ्नो छैटौँ विदेशी खेलाडीका रूपमा अलराउन्डर सन्नी पटेललाई अनुबन्धन गरेको छ। नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै परिचित नाम बनाइसकेका पटेलले यसअघि २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग (पीपीएल) को...

मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने

काठमाडौँ, । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालतले आफ्ना सम्पूर्ण सेवा र कार्य सञ्चालन पुनः सुरु गर्ने भएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडपछि सर्वोच्चले आंशिक रूपमा मात्र सेवा दिँदै आएको थियो। सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट बचेका मुद्दा तथा...

सुन–चाँदीको मूल्यमा लगातार वृद्धि, सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज...

बिहीबार राति दार्चुला नजिक ४.१ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ । नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने दार्चुला नजिक बिहीबार राति भूकम्पको हल्का धक्का महसुस गरिएको छ।भूकम्प मापन केन्द्र (एनईएमआरसी–भूगर्भ विभाग)का अनुसार बिहीबार राति करिब १० बजेर ४० मिनेट जाँदा दार्चुला जिल्लाको तवाघाट नजिक भारत सीमा क्षेत्रमा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको कम्पन दार्चुला तथा आसपासका क्षेत्रमा हल्का रूपमा...

सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने र पूर्व डीआईजी जोशीको फाइल माग्यो उच्च अदालत बुटवलले

बुटवल — सुप्रिम सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व उपरीक्षक (डीआईजी) छविराज जोशीको फाइल माग गरेको छ। न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतबाट पठाइएका आदेश र कागजातहरू माग गर्ने आदेश दिएको हो। उच्च अदालत...

विप्लव नेतृत्वको नेकपाद्वारा काठमाडौंमा सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै र्‍याली

काठमाडौं, – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै प्रदर्शन गरेको छ। पार्टीले र्‍यालीसहित राजधानीको विभिन्न मार्गबाट आन्दोलन गर्दै भृकुटीमण्डपमा सभामा गरेको हो। काठमाडौंमा बिहीबार दिउँसो आयोजित यस सभाको उद्देश्य जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम तथा पार्टीको धारणा आम जनतासम्म पुर्‍याउनु रहेको नेकपाले जनाएको छ। सभालाई महासचिव नेत्रविक्रम चन्द...

दाङमा मानिसभन्दा लामो ६ फिटको लौका फले

दाङ, – दाङको घोराही उपमहानगरपालिका–१५ मा उन्नत जातको लौकाको खेतीमा ६ फिटभन्दा लामो लौका फलेको छ। पूर्व शिक्षक रामहरी रिजालले नरेन्द्र सिवानी जातको लौकामा करिब १० किलोसम्मको फल उत्पादन भएको जानकारी दिएका छन्। उनले अनलाइनमार्फत बीउ मगाएर खेती गरेको बताए। रिजालले आगामी दिनमा दाङका अन्य किसानलाई पनि यो बीउ उपलब्ध गराउने योजना...

चीनले बनायो विश्वकै ठूलो नवीकरणीय ऊर्जा प्रणाली

बीजिङ्, – चीनले आफ्नो १४औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) अन्तर्गत विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली निर्माण गरेको छ। यस परियोजनाले चीनलाई सन् २०६० भित्र (carbon neutral) बन्ने लक्ष्यमा ठूलो फड्को मार्नेछ। चीनले हाल आफ्नो नवीकरणीय ऊर्जा क्षमतामा तीव्र वृद्धि गरेको छ र याङ्त्से नदीका जलविद्युत् आयोजनासहित पश्चिमी तथा दक्षिण-पश्चिमी क्षेत्रमा ठूलो...

सुनको मूल्य बढ्दै, छापावाल सुन रु २,३७,८०० पुग्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार (कात्तिक २० गते) सुनको मूल्य तोलामा ६०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु २,३७,८०० मा कारोबार भइरहेको छ। बुधबार (कात्तिक १९ गते) छापावाल सुन प्रतितोला रु २,३७,२०० मा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको महासंघले जनाएको छ।...