बहुविवाह प्रकरणमा दोषी ठहर एमाले नेता पासाङ शेर्पा जेल चलान

काठमाडौं — बहुविवाहको मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता पासाङ शेर्पा जेल चलान भएका छन्। मंगलबार साँझ प्रहरीले उनलाई पक्राउ गरी बुधबार कारागार पठाएको हो। जिल्ला अदालत काठमाडौंको आदेशअनुसार शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको हो। उनलाई प्रहरी टोलीले काठमाडौंको धुम्बाराही क्षेत्रबाट पक्राउ गरेको थियो। बहुविवाह प्रकरणमा जिल्ला अदालत काठमाडौंले शेर्पालाई...

जेनजी आन्दोलन प्रकरणमा बयान दिन नख्खु कारागारबाट रवि लामिछाने सिंहदरबारमा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेनजी आन्दोलनका घटनाबारे बयानका लागि सिंहदरबार लगिएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले बयानका लागि बोलाएपछि नख्खु कारागारमा रहेका लामिछानेलाई बुधबार सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याइएको ललितपुर प्रहरी परिसरले जनाएको छ। हाल आयोगमा उनको बयान प्रक्रिया जारी रहेको स्रोतले जानकारी दिएको छ। सहकारी ठगी प्रकरणमा...

गुठीचौर गाउँपालिकाले एक वर्षमा ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सिँजा (जुम्ला), — गुठीचौर गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न स्रोतबाट ३३ लाख ३९ हजार ४ सय ९० रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार प्याराग्लाइडिङ शुल्कबाट मात्र ८ लाख ४४ हजार रुपियाँ राजस्व प्राप्त भएको हो। त्यस्तै, पशु शाखाबाट ७ लाख ८४ हजार ८ सय,...

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका प्रवक्ताका अनुसार उक्त रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र शारङ्गा सुवेदी रहेका छन्। गत आइतबार अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले...

काठमाडौँका १९ स्थानमा अब निःशुल्क वाइफाइ सेवा सञ्चालनमा

काठमाडौँ । राजधानीका विभिन्न १९ सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट सेवा प्रयोग गर्न सकिने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थललगायत संवेदनशील र सार्वजनिक स्थानहरूमा यो सेवा विस्तार गरिएको हो। सञ्चार मन्त्रालयका अनुसार यसअघि वाइफाइ सेवा उपलब्ध रहेका स्थानहरूमा मर्मत, गुणस्तर सुधार र...

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
काठमाडौँ, । सरकारले सोमबारको बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारका सम्बन्धित निकाय, छानबिन समिति र सुरक्षा निकाय एवं सरोकावाला पक्षबाट आएका विवरणको अध्ययन तथा विश्लेषणका आधारमा सरकारले उक्त घोषणा...

गोरखाको पाङबारी हिमालमा बेपत्ता दुई इटालियन आरोहीको शव फेला, तीन जना उद्धारपछि काठमाडौंमा उपचाररत

गोरखा — गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन आरोहीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार पाङबारी हिमालको पहिलो शिविरमा ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोका शव हिउँले पुरिएको अवस्थामा भेटिएका हुन्। फेला परेका दुवै...

धादिङको सातकिल्लामा तीन सवारी ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

धादिङ — पृथ्वी लोकमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्लामा सोमबार साँझ तीन सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुने व्यक्ति थाक्रे गाउँपालिका–६, नौकिल्लाका ६० वर्षीय उत्तम अर्याल भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार काठमाडौंबाट महादेवबेसीतर्फ जाँदै गरेको बा ७० प...

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते — प्रहरीद्वारा सीमाक्षेत्रमा चेकजाँच कडाइ

भैरहवा — भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार भएको छ। घटनामा होटलका सुरक्षा गार्ड मीनबहादुर परियार घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार राति करिब १ बजे होटल परिसरमा गोली चलेको थियो। बुटवल उपमहानगरपालिका–१५ का २७ वर्षीय परियारको खुट्टाको तिघ्रामा गोली लागेको र उनलाई तत्काल भीम अस्पताल भैरहवामा उपचारका...

शाक्यको पुनर्बहाली माग सर्वोच्चमा—आज हुने छ सुनुवाइ

काठमाडौं — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। सुनुवाइ न्यायाधीश नृपध्वज निरौलाको इजलासमा हुने तय भएको छ। शाक्यले आफूलाई सरकारले गैरकानुनी रूपमा पदबाट हटाएको दाबी गर्दै सोमबार सर्वोच्च अदालतमा पुनर्बहालीको मागसहित रिट दायर गरेका थिए। जेनजी आन्दोलनपछि ऊर्जामन्त्री बनेका...