प्राधिकरणले ३५ उद्योगबाट उठायो २३ करोड, बाँकी बक्यौता ५ अर्ब ७० करोड

काठमाडौं ।लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत् उपभोग गरेका उद्योगहरूले प्रिमियम महसुल तिर्न थालेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार २५ नयाँ उद्योगले पहिलो किस्ता बुझाएका छन् भने यसअघि किस्ताबन्दी सुरु गरी रोकेका १० उद्योगले पनि भुक्तानीलाई निरन्तरता दिएका छन्। यसरी हालसम्म प्राधिकरणले ३५ उद्योगबाट कुल २३ करोड ८७ लाख ७२...

पाँच महिनापछि सातामा चार पटक रेसुङ्गा विमानस्थलबाट हवाई उडान सुरू

गुल्मी ।आजदेखि सातामा चार पटक रेसुङ्गा विमानस्थलबाट नियमित हवाई उडान पुनः सञ्चालनमा आएको छ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाका अनुसार पाँच महिनापछि पुनः नियमित उडान तालिका लागू भएको हो। विगत पाँच महिनादेखि निगमको ट्वीनअटर विमान बिग्रिएका कारण गुल्मीमा सातामा केवल एकपटक—बिहीबार मात्र—उडान हुँदै आएको थियो।...

जेनजी आन्दोलनका क्रममा आपराधिक कार्यमा संलग्न भएको आरोपमा ४२९ जना पक्राउ

काठमाडौं ।गृहमन्त्री ओमप्रकाश अर्यालले हालैको जेनजी आन्दोलनका क्रममा आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा ४२९ जना पक्राउ भएको जानकारी दिएका छन्। राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सहभागी हुँदै उनले पक्राउ परेकाहरूमाथि विभिन्न अभियोगमा १६८ वटा मुद्दा दर्ता भइसकेको बताए। गृहमन्त्री अर्यालका अनुसार भदौ २३ र २४ गतेका घटनापछि हराएका...

विदेशी सामानमा लगाइएको भन्सार सर्वोच्चले हटाएमा ठूलो घाटा हुने ट्रम्पको दाबी

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी वस्तुमा लगाइएको भन्सार सर्वोच्च अदालतले खारेज गरेमा अमेरिकालाई ३० खर्ब डलरभन्दा बढी घाटा हुने दाबी गरेका छन्। ट्रम्पले दोस्रो कार्यकालमा विश्वका सबै देशका उत्पादनहरूमा भन्सार लागू गरेका छन्। तर, अमेरिकी संसदले मात्रै कर लगाउने अधिकार राख्ने भन्दै धेरै समूह र व्यक्तिले सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा...

नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा झापाका शिक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शिक्षक देवी निरौलाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको जानकारी दिएको छ। अख्तियारका अनुसार शिक्षक निरौलाले विद्यालयको प्रावि तह तृतीय श्रेणीको पदमा नियुक्ति...

मन्त्रीपरिषद् निर्णय : राष्ट्रिय खेलकुद कर्णालीमा, विभिन्न स्वास्थ्य निकायहरूमा स्वास्थ्य क्षेत्रमा अस्थायी दरबन्दी स्वीकृत

मन्त्रीपरिषद् निर्णय : राष्ट्रिय खेलकुद कर्णालीमा, विभिन्न स्वास्थ्य निकायहरूमा स्वास्थ्य क्षेत्रमा अस्थायी दरबन्दी स्वीकृत
फाइल तस्वीर काठमाडौँ। सरकारले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। कात्तिक २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त स्वीकृति प्रदान गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सो बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका विभिन्न स्वास्थ्य...

आज सुन सस्तो, चाँदी महँगो: तोलामा २ लाख ४४ हजार ३०० मा सुन कारोबार

काठमाडौं । मंगलबारको तुलनामा आज (कात्तिक २६ गते) सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्यमा सानो वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा २१ सय रुपैयाँले कम हो। मंगलबार सुनको...

भूमि बैंक र कित्ताकाटबारे नयाँ व्यवस्था, संशोधित भू–उपयोग नियमावली स्वीकृत

काठमाडौं ।सरकारले रोकिएको जग्गा कित्ताकाट पुनः सञ्चालनमा ल्याएको छ। भू–उपयोग नियमावलीमा गरिएको तेस्रो संशोधनमार्फत तत्कालका लागि कित्ताकाट खुल्ने व्यवस्था गरिएको हो। सो संशोधनसँगै भूमि बैंकसम्बन्धी नयाँ प्रावधान पनि नियमावलीमा समावेश गरिएको छ, जसले भूमि व्यवस्थापनका लामो समयदेखि देखिएका जटिलता समाधान गर्ने अपेक्षा गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको...

साताको पहिलो कारोबार दिन नेप्से ३० अंकले घट्यो, सबै समूह नकारात्मक देखिए

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा अडिएको छ भने सेन्सेटिभ इण्डेक्स १.३० प्रतिशतले घटेर ४४५.६२ विन्दुमा पुगेको छ। यो दिन ३२३ कम्पनीका १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर ४ अर्ब ९०...

सामाजिक सञ्जालको प्रभावबीच मिडियाको काम चुनौतीपूर्ण बनेको छ, तर विश्वसनीय पत्रकारिताको बाटोमा अघि बढ्नुपर्छ — सञ्चारमन्त्री खरेल

सामाजिक सञ्जालको प्रभावबीच मिडियाको काम चुनौतीपूर्ण बनेको छ, तर विश्वसनीय पत्रकारिताको बाटोमा अघि बढ्नुपर्छ — सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालको तीव्र प्रभावका कारण परम्परागत सञ्चारमाध्यमहरूको कार्यक्षेत्र चुनौतीपूर्ण बनेको बताउनुभएको छ ।  आइतबार सार्वजनिक सेवा प्रशारण एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खरेलले सामाजिक सञ्जालको प्रभावले मिडिया क्षेत्रमा प्रतिस्पर्धा र जिम्मेवारी दुवै बढेको धारणा व्यक्त गर्नुभएको हो ।  “सामाजिक सञ्जालको प्रभावबीच परम्परागत...