मंगलबार सुनको मूल्य प्रतितोला १४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार (कात्तिक १८ गते) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले घटेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि सोमबार (कात्तिक १७ गते) सुन प्रतितोला दुई लाख ३९ हजार...

सरकारले  जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने

सरकारले  जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने
काठमाडौं, ।सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री जगदिश खरेलले ४५ जनालाई सहिद घोषणा गरिएको र थपका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो। ...

सेयर बजार: परिसूचक घट्यो, कारोबार रकम ६ अर्बमै सीमित

काठमाडौँ — सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ८.२४ अंकले घटेर २६२२ विन्दुमा पुगेको हो। सो दिन बजारमा कारोबार रकम पनि घटेको देखिएको छ। आइतबार नौ अर्ब २० करोड रुपैयाँ रहेको कारोबार सोमबार ६ अर्ब पाँच करोड रुपैयाँमा सीमित भएको छ। कारोबारमा आएका समूहमध्ये जीवन बीमा र...

सरकारद्वारा उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष र ५८ सांसदका स्वकीय सचिव पद खारेज

काठमाडौं — सरकारले संघीय संसदका पदाधिकारी र सांसदहरूलाई दिइँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको छ। नयाँ संशोधनअनुसार अब प्रतिनिधि सभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, संसदीय समितिका सभापति र सांसदहरूका स्वकीय सचिव रहने छैनन्। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गरी सरकारले यो...

ट्रम्पको चेतावनी : नाइजेरियामा सेना पठाउन वा हवाई आक्रमण गर्न सकिन्छ

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा दुई तरिकाबाट सैन्य कारबाही गर्न सकिने संकेत दिएका छन्। उनले एयरफोर्स वानमा पत्रकारहरूसँग बोल्दै त्यहाँ अमेरिकी सेना पठाउने वा हवाई आक्रमण गर्ने विकल्पहरू सम्भव रहेको बताएका छन्, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्पले भने, “सेना पठाउन सकिन्छ, हवाई हमला पनि हुन सक्छ। अरू...

राष्ट्रपति पौडेल कतार प्रस्थान, दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल कतारको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान दोहा प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी...

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीको दरमा पाँच रुपैयाँको गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार (कात्तिक १६)मा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा हल्का कमी आएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर दुई लाख ३९ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार (कात्तिक १४) मा सोही गुणस्तरको सुन प्रतितोला...

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित

काठमाडौं, कार्तिक १४ — अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित भएका छन्। शुक्रबार बसेको एन्फाको आकस्मिक भर्चुअल बैठकले उनलाई अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै निलम्बन गर्ने निर्णय गरेको हो। एन्फा कार्यसमितिका अनुसार कार्यवाहक अध्यक्षको रूपमा खड्काले गरेका केही कार्यहरू संगठनको अनुशासन र आन्तरिक प्रक्रियाबाहिर रहेको भन्दै सो...

राष्ट्रपति पौडेल कतार प्रस्थान गर्न तयारीमा, १२ सदस्यीय टोली सहभागी हुने

काठमाडौं, — राष्ट्रपति रामचन्द्र पौडेल कतारको तीनदिने औपचारिक भ्रमणमा जान लागेका छन्। कतारका राजा अमिर तामिम बिन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल आगामी कार्तिक १८ देखि २० गतेसम्म दोहा भ्रमणमा रहनेछन्। परराष्ट्र सचिव अमृत राईका अनुसार राष्ट्रपति पौडेलले दोहामा हुने सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलन (Second World Conference on...

तीन महिनामा ३०८ महिला हिंसाका घटना, अधिकांशमा पारिवारिक संलग्नता

काठमाडौँ, — महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले हालै सार्वजनिक गरेको प्रतिवेदनमा महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ। संस्थाले गत चैतदेखि जेठसम्म (अप्रिलदेखि जुन २०२५) तीन महिनाको अवधिमा देशभर ३०८ वटा महिला हिंसाका घटना दर्ता भएको जनाएको छ। ओरेककी कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार ती घटनामध्ये ४१ वटा सञ्चारमाध्यमबाट संकलित...