कुसुन्ती हाइटबाट चितुवा उद्धार, उपचारपछि बासस्थानमा फर्काइने

ललितपुर – जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटस्थित माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवा उद्धार गरेको छ। सदर चिडियाखानाको टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर र ललितपुर महानगरीय प्रहरीको सहयोगमा ‘डार्ट’ प्रयोग गरी चितुवालाई उद्धार गरेको थियो। अनुमानित १० वर्षको र करिब ६० केजी तौलको उक्त चितुवालाई उद्धारपछि...

जिल्लाका विभिन्न स्थानबाट अवैध भन्सार सामग्री बरामद

भैरहवा – रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करिब ६ लाख रुपैयाँ मूल्य बराबरको अवैध भन्सार सामग्री नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार, खटिएको टोलीले जिल्ला भित्र विभिन्न जाँचका क्रममा कुल ६ लाख २९ हजार रुपैयाँबराबरका सामग्री बरामद गरेको हो। बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित...

डोटीमा स्थानीय माटो उत्खननको क्रममा किशोरी मृत्युवरण

डोटी – जिल्लाको सायल गाउँपालिका-२, ग्वानी बस्ने शेर बहादुर सिंहकी करिब १६ वर्षीया छोरी एलिना सिंह माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।घटना मंगलबार बिहान करिब ९:४८ बजे भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार, घर पोत्नका लागि सोही स्थानको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा एलिनाले...

माग पूरा नभएसम्म तालाबन्दी जारी रहने खेलाडी संघको चेतावनी

काठमाडौं — नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा आइतबार अनिश्चितकालीन तालाबन्दी गरेको छ। खेलाडी संघका अध्यक्ष विक्रम लामाका अनुसार खेलाडीहरूको विभिन्न माग सम्बोधन नभएसम्म तालाबन्दी नखोलिने जनाइएको छ। आफ्ना मागहरू प्रस्तुत गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू आइतबार एन्फा कार्यालय पुगेका थिए। खेलाडीहरूले एन्फा नेतृत्वसँग छलफल गर्न...

नेप्से करिब ६ प्रतिशतले बढ्दा बजार समयअघि नै बन्द

काठमाडौं — सोमबार सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। बजारमा तीव्र उतारचढाव देखिएपछि कारोबार समयअगावै स्थगित गरिएको छ। कारोबार सुरु भएको केही समयमै बजार सूचक करिब चार प्रतिशतले बढेपछि नियमअनुसार करिब २० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यसपछि पुनः खुलेको बजार पाँच प्रतिशत नजिक पुगेपछि फेरि करिब ४० मिनेटका लागि कारोबार...

रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी निर्वाचित

काठमाडौं : रामेछापबाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। उनले २४ हजार ८०८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का १६ हजार ३०७ मतसहित...

समानुपातिकतर्फ रास्वपाको मत २० लाख नाघ्यो

समानुपातिकतर्फ रास्वपाको मत २० लाख नाघ्यो
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २० लाखभन्दा बढी मत प्राप्त गरेको छ। हालसम्मको मतगणनामा उक्त पार्टी अग्रस्थानमा रहेको देखिएको छ। आइतबार दिउँसो ४:२८ बजेसम्म कुल ४४ लाख ४३ हजार ११० मत गणना हुँदा रास्वपाले २१ लाख ९४ हजार ३१ मत प्राप्त गरेको निर्वाचन आयोगको विवरणमा उल्लेख...

महोत्तरी–४ को मतपरिणाम सार्वजनिक, रास्वपाकी गौरी कुमारी निर्वाचित

महोत्तरी : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरी कुमारी निर्वाचित भएकी छन्। उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै जीत हासिल गरेकी हुन्। निर्वाचन अधिकृतका अनुसार गौरी कुमारीले ३० हजार १३२ मत प्राप्त गरेकी छन्। उनका निकटतम...

रौतहट–३ मा रास्वपाका रविन्द्र पटेल विजयी

रौतहट : रौतहट निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मतपरिणामअनुसार पटेलले २७ हजार ३१८ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका छन्। यसैगरी आम जनता पार्टीका अध्यक्ष...

सुनसरी–१ बाट हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै विजय हासिल गरेका हुन्। अन्तिम मतपरिणामअनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गरेका छन् भने तामाङले २७ हजार २४९ मत ल्याएकी छन्।...