झुटो बलात्कारको आरोप लगाउने महिलालाई भारतमा २० वर्षको जेल सजाय

काठमाडौं — भारतको राजस्थान राज्यको अलवर जिल्लामा बलात्कारको झुटो आरोप लगाएकी एक महिलालाई अदालतले २० वर्ष कैद सजाय सुनाएको छ। पीडितका रुपमा प्रस्तुत भएकी ती महिलाले आफ्नै भतिजा माथि बलात्कारको आरोप लगाएकी थिइन्। तर, प्रहरी अनुसन्धानमा ती महिला र भतिजाबीच पछिल्लो ६ महिनामा ८३२ पटक फोन वार्ता भएको र महिला स्वयंले...

मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता, सीमामा शान्ति र स्थिरता कायम राख्ने प्रतिबद्धता

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच मंगलबार महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा दुवै पक्षले भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सीमा विवादको विषयलाई "निष्पक्ष, तर्कसंगत र दुवै पक्षलाई स्वीकार्य" तरिकाबाट समाधान गर्न भारत प्रतिबद्ध रहेको दोहोर्‍याए। भेटपछि सामाजिक सञ्जालमार्फत...

नेपाली समय शनिबार बिहान १:१५ बजे ट्रम्प–पुटिन भेट हुने

काठमाडौँ —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा हुने ऐतिहासिक वार्ताले विश्वव्यापी ध्यान खिचेको छ। यो भेटवार्ता रुस–युक्रेन युद्ध र भेटघाटको स्थानको ऐतिहासिक–कूटनीतिक महत्त्वका कारण चर्चामा छ। अलजजिराका अनुसार, दुई नेताबीचको वार्ता अलास्काको स्थानीय समयअनुसार बिहान ११:३० बजे (नेपाली समय शनिबार बिहान १:१५ बजे) सुरु हुने तालिका छ। रुसतर्फबाट...

गलवान झडपपछि पहिलो उच्चस्तरीय कूटनीतिक भेट, वाङ यी भारत जाँदै

काठमाडौं — भारतसँगको सीमामा लामो समयदेखि चलिरहेको तनाव कम गर्न चीनले उच्चस्तरीय कूटनीतिक पहल थालेको छ। त्यसैअन्तर्गत चिनियाँ विदेशमन्त्री वाङ यी भारत भ्रमणमा जाने तयारीमा छन्। अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्ग का अनुसार वाङको भ्रमण आगामी सातामा हुने अनुमान गरिएको छ। भ्रमणको उद्देश्य भारत–चीन सीमामा तैनाथ दुवै पक्षका सैनिक घटाउनेबारे छलफल गर्नु...

रुस–युक्रेन युद्ध : कूटनीतिक संवादसँगै आक्रमण पनि जारी

काठमाडौं – रुस र युक्रेनबीच कूटनीतिक वार्ता जारी रहँदा पनि युद्धको अवस्था कायमै रहेको छ। दुवै पक्षबाट ड्रोन आक्रमणहरू जारी रहेका छन्, जसले द्वन्द्व चाँडै अन्त्य हुने सम्भावनालाई अझ जटिल बनाइरहेको छ। युक्रेनी सेनाका अनुसार, रुसले पछिल्लो राति युक्रेनतर्फ ४९ वटा ड्रोन आक्रमण गरेको छ। तीमध्ये केही आक्रमण खेरसोन क्षेत्रमा रिहायसी...

उत्तर कोरियाली र रूसी नेताहरूबीच युक्रेन युद्धमा रणनीतिक सहकार्य

सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अलास्कामा निर्धारित भेटघाटअघि, उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फोन वार्तामा आफ्नो निकट सम्बन्ध र युक्रेनविरुद्धको युद्धमा सहयोगबारे छलफल गरेका छन्। यस सम्बन्धलाई दुवै देशका सरकारी सञ्चारमाध्यमहरूले बुधबार पुष्टि गरेका छन्। उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार, पुटिनले रुसी...

ट्रम्प–पुटिन वार्तामा जेलेन्स्कीको सहभागिता गराउन अमेरिका सक्रिय

वासिङ्टन — अमेरिका, रुस र युक्रेनबीच युद्धविरामको सम्भावनालाई अघि बढाउन अलास्कामा प्रस्तावित ट्रम्प–पुटिन वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि सहभागी गराउने प्रयास तीव्र पारिएको छ। शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ता विश्वको ध्यानको केन्द्र बनेको छ। तर युक्रेनलाई समावेश नगरी हुने सम्भावित सम्झौताप्रति युरोपेली युनियनलगायत विभिन्न मुलुकहरूले असहमति जनाएका छन्। जेलेन्स्की...

जेलेन्स्कीले स्पष्ट भने: शान्तिका नाममा रुसलाई युक्रेनी भूमि दिन्ने छैनौं

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको नाममा पनि रुसलाई युक्रेनी भूमि हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेका छन्। युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाको अलास्कामा हुन लागेको पुटिन–ट्रम्प शिखर वार्ताप्रति प्रतिक्रिया दिँदै उनले युक्रेन विना कुनै निर्णय स्वीकृत नहुने चेतावनी दिएका हुन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी...

ट्रम्पको ट्यारिफको विरोधमा भारतले अमेरिकाबाट हतियार खरिद स्थगित गर्यो ?

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुमा ५० प्रतिशत भन्सार महसुल लगाएको निर्णयपछि भारतले अमेरिकाबाट हतियार तथा विमान खरिद गर्ने योजना स्थगित गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सले भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै भन्यो, भारतले रक्षामन्त्री राजनाथ सिंहलाई हतियार खरिदको घोषणा गर्न वासिङ्टन पठाउने योजना बनाएको थियो, तर उक्त भ्रमण रद्द...

गाजा नियन्त्रणको विरोधमा इजरायलभर प्रदर्शन

काठमाडौं । गाजा क्षेत्रमा नियन्त्रण लिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाविरुद्ध देशभर विरोध चर्किएको छ। जनभावनाविपरीत सरकार अगाडि बढ्न खोजेको भन्दै विभिन्न शहरमा नागरिकहरू सडकमा उत्रिएका छन्। टाइम्स अफ इजरायलका राजनीतिक संवाददाता ताल स्नाइडरका अनुसार दर्जनौं स्थानमा सरकारविरोधी प्रदर्शनहरू भइसकेका छन्। उनका अनुसार, “सरकारले अत्यन्तै अलोकप्रिय निर्णय लिएको छ, जसको जनस्तरमा...