बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासबाहिर राष्ट्रलाई सम्बोधन गर्दै स्टार्मरले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

उनले लेबर पार्टीको ‘नेता’ पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् । स्टार्मरले आफ्नो कार्यकालभर गरेका हरेक निर्णय र कदम पहिलो प्राथमिकतामा राखेर लिएको बताएका छन् । स्टार्मरको उत्तराधिकारी बन्ने प्रबल सम्भावना रहेका एन्डी बर्नह्याम हालै भएको मेकरफिल्ड उपनिर्वाचनमा विजयी भएका थिए ।

बर्नह्याम सोमबार सांसदका रूपमा शपथ ग्रहण गर्न वेस्टमिन्स्टर पुग्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । स्टार्मरले सत्ताको सहज, व्यवस्थित र जिम्मेवार हस्तान्तरण सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् । आफ्नो उत्तराधिकारीलाई पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया