गाजा नियन्त्रणको विरोधमा इजरायलभर प्रदर्शन

काठमाडौं । गाजा क्षेत्रमा नियन्त्रण लिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाविरुद्ध देशभर विरोध चर्किएको छ। जनभावनाविपरीत सरकार अगाडि बढ्न खोजेको भन्दै विभिन्न शहरमा नागरिकहरू सडकमा उत्रिएका छन्। टाइम्स अफ इजरायलका राजनीतिक संवाददाता ताल स्नाइडरका अनुसार दर्जनौं स्थानमा सरकारविरोधी प्रदर्शनहरू भइसकेका छन्। उनका अनुसार, “सरकारले अत्यन्तै अलोकप्रिय निर्णय लिएको छ, जसको जनस्तरमा...

गालवान झडपपछिको पहिलोपटक प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाने

काठमाडौं, — सन् २०२० मा भएको गालवान उपत्यकाको झडपपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक चीन भ्रमणमा जान लागेका छन्। उनी चीनको तिआन्जिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन लागेका हुन्। एससीओ शिखर सम्मेलनमा मोदीको उपस्थिति भारत–चीन सम्बन्ध सुधार तथा क्षेत्रीय स्थायित्वका दृष्टिले महत्वपूर्ण मानिएको...

ट्रम्पको धम्की: रुससँग कारोबार गर्ने देशमाथि १००% ट्यारिफ, विश्व अर्थतन्त्रमा असर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग युद्धविराम नभएमा अगस्ट ८ देखि रुससँग व्यापार गर्ने देशका वस्तुमा अमेरिकाले १०० प्रतिशत कर लगाउने धम्की दिएका छन्। यो ‘सेकेन्डरी ट्यारिफ’ले रुसको तेल र ग्यासका मुख्य खरिदकर्ता चीन, भारत, टर्की लगायत देशहरूलाई लक्षित गर्छ। यसले विश्व बजारमा रुसियन ऊर्जा आपूर्ति घटाएर तेल र ग्यासको मूल्य बढाउन...

बाढीका कारण पाकिस्तानमा व्यापक जनधन क्षति, बालबालिका बढी प्रभावित

काठमाडौं। पाकिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा १४० बालबालिका समेत गरी २९९ जनाको मृत्यु भएको छ भने सात सयभन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले यसबारे जानकारी दिएको हो । एनडिएमएका अनुसार जुन २६ मा सुरु भएको बर्षाले देशभर व्यापक विनाश निम्त्याएको छ । मृतकमध्ये १०२ पुरुष, ५७...

अमेरिकी चेतावनी बेवास्ता गर्दै भारतले रुसी तेल खरिद जारी राख्यो, स्वदेशी उत्पादनमा मोदीको जोड

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी ऊर्जा खरिदप्रति तीव्र आलोचना गरे पनि भारतले रुसबाट तेल खरिद रोक्ने कुनै संकेत देखाएको छैन। बरु रूसी आपूर्तिकर्ताहरूले दिएको आकर्षक छुटका कारण भारतले अझै पनि उक्त खरिदलाई निरन्तरता दिइरहेको छ। भारतीय रिफाइनरहरू अझै सक्रिय ‘हिन्दुस्तान टाइम्स’ समूहको आर्थिक समाचार प्रकाशन ‘मिन्ट’का अनुसार, ‘इन्डियन आयल कर्पोरेसन...

कम्बोडियाको आग्रह : थाइल्यान्डले कब्जामा लिएका २० सैनिक फिर्ता गरियोस्

काठमाडौं — सीमा विवादका कारण पाँच दिनसम्म चलिरहेको लडाइँपछि कम्बोडिया र थाइल्यान्डबीच गत साता युद्धविराम घोषणा भए पनि सीमामा तनावको अवस्था अझै कायम छ। पछिल्लो घटनाक्रममा, कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० जना सैनिक फिर्ता गर्न औपचारिक अनुरोध गरेको छ। कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटले बिहीबार पत्रकार सम्मेलन गर्दै ती सैनिक युद्धविराम...

अमेरिकाले पाकिस्तानसँग तेल भण्डार विकास गर्ने सम्झौता गर्यो

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत आयात शुल्क घोषणा गरेलगत्तै पाकिस्तानसँग मिलेर त्यहाँका विशाल तेल भण्डारहरूको विकास गर्ने सम्झौता गरेका छन्। उक्त निर्णय भारतप्रति कूटनीतिक दबाबको रूपमा हेरिएको छ। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेखेका छन्, "हामीले भर्खरै पाकिस्तानसँग एउटा ऐतिहासिक सम्झौता सम्पन्न गरेका छौँ, जसअनुसार...

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई युट्युब चलाउन प्रतिबन्ध

क्यानबेरा — अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहितका सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। डिसेम्बर १० देखि लागू हुने नयाँ नियमअनुसार बालबालिकाले अब युट्युबमा खाता खोली सामग्री अपलोड गर्न वा सक्रिय रुपमा सञ्चालन गर्न पाउने छैनन्। प्रधानमन्त्री एन्थोनी अल्बानिजी र सञ्चारमन्त्री एनिका वेल्सले क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ नियम सार्वजनिक...

थाइल्याण्ड–कम्बोडिया युद्धविराममा सहमति

काठमाडौं, थाइल्याण्ड र कम्बोडियाबीच चार दिनदेखिको द्वन्द्वपछि शनिबार युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार, दुबै देशका सेनाले युद्धविरामको निर्णय गरी चाँडै वार्ताका लागि बैठक बस्ने तयारी गरिरहेका छन्। बिहीबारदेखि थाइल्याण्ड र कम्बोडियाबीच सिमानामा सुरु भएको तनावले हवाई आक्रमणसमेत गराएको थियो, जसका कारण कम्तिमा ३० जनाको मृत्यु भएको बताइएको...

भियतनामको हालोङ खाडीमा डुंगा दुर्घटना, ३७ जनाको मृत्यु

भियतनाम — भियतनामको चर्चित पर्यटकीय क्षेत्र हालोङ खाडीमा शनिबार आएको भीषण आँधीका कारण डुंगा पल्टिँदा ३७ जनाको ज्यान गएको छ। डुंगामा ४८ यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए। स्थानीय समयअनुसार दिउँसो २ बजेतिर डुंगा दुर्घटनामा परेको हो। त्यसबेला तीव्र हावा, मुसलधारे वर्षा र चट्याङ परेको जनाइएको छ। उद्धार...