पाकिस्तानमा भारतीय ड्रोन आक्रमण, एकको ज्यान गयो, चार सैनिक घाइते

भारतले बिहीबार पाकिस्तानका विभिन्न स्थानमा गरेको ड्रोन आक्रमणमा एक पाकिस्तानी नागरिकको ज्यान गएको छ भने चार सैनिक घाइते भएका छन्। पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले मियानो क्षेत्रमा भएको आक्रमणमा एक जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका हुन्। साथै, लाहोरमा भएको अर्को ड्रोन आक्रमणमा चार पाकिस्तानी सैनिक घाइते भएको...

आयात कर घटाउने विषयमा अमेरिका–बेलायत व्यापार सम्झौताको तयारी

काठमाडौँ — अमेरिका र बेलायतबीच आयात कर घटाउने विषयमा सहमति जुट्दै गएको संकेत देखिएको छ। बीबीसीका अनुसार दुवै देशले आज नै आयात कर घटाउने सन्दर्भमा व्यापार सम्झौताको घोषणा गर्ने अपेक्षा गरिएको छ। बेलायती सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा आयात कर बढाएपछि यस्तो सम्झौताका लागि पहल गर्दै आएको थियो। ट्रम्पले...

पाकिस्तानमा हवाई कारबाहीपछि भारतले ११ विमानस्थलबाट उडान रोक्यो

पाकिस्तानमा हवाई आक्रमणपछि भारतले उच्च सतर्कता अपनाउँदै सात राज्यका ११ विमानस्थलमा उडान बन्द गरेको छ। भारतको श्रीनगर, जम्मू, लेह, चंडीगढ़, बिकानेर, जोधपुर, राजकोट, धर्मशाला, अमृतसर, भुज र जामनगर विमानस्थलमा सबै उडानहरू स्थगित गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्। यी विमानस्थलहरू पाकिस्तान सीमासँग जोडिएका क्षेत्रहरूमा पर्ने भएकाले सुरक्षा कारण देखाउँदै उडानहरू रोकिएको हो। जम्मु...

पोर्चुगलमा आप्रवासीप्रति कडाइ, नेपालीहरू पनि प्रभावित हुने सम्भावना

काठमाडौं – पोर्चुगल सरकारले अवैधानिक रूपमा बसोबास गरिरहेका झण्डै १८ हजार विदेशी नागरिकलाई देश छाड्न निर्देशन दिने तयारी गरेको छ। आगामी मे १८ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा सरकारले यस्तो कदम चालेको हो। सरकारका एक मन्त्री एन्टोनियो लिताओ अमारोले समाचार संस्था एपीसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। उनका अनुसार अवैधानिक...

अमेरिकाको पहलपछि व्यापार वार्तामा बस्न सक्ने संकेत चीनको

काठमाडौँ — लामो समयदेखि चलिरहेको अमेरिका–चीन व्यापार द्वन्द्वमा केही सुधारको संकेत देखिएको छ। चीनले अमेरिकासँग व्यापार वार्ता गर्न सक्ने सम्भावना औपचारिक रूपमा संकेत गरेको छ। चीनको वाणिज्य मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका बाट आएको वार्ता प्रस्तावको मूल्यांकन भइरहेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले सम्बन्धित माध्यममार्फत वार्ता प्रस्ताव पठाएको...

भारतले पाकिस्तानी जहाजलाई आकाशमार्गमा लगायो प्रतिबन्ध

नयाँ दिल्ली, वैशाख १९ — भारतले आफ्ना आकाशमा पाकिस्तानी जहाजहरूको उडानमा प्रतिबन्ध लगाएको छ। भारतीय विमानस्थल प्राधिकरणले बुधबार सूचना जारी गर्दै पाकिस्तानी जहाजहरूलाई भारतको आकाश प्रयोग गर्न नदिने निर्णय गरेको हो। द हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, यो प्रतिबन्ध बिहीबार (आज) मध्यान्ह १२ बजेदेखि लागू भइसकेको छ र कम्तीमा मे २३ सम्म...

भारतले आगामी ३६ घण्टामा सैन्य कारबाही गर्न सक्ने पाकिस्तानी मन्त्रीको दाबी

इस्लामावाद: पाकिस्तानका सूचना एवं प्रसारण मन्त्री अताउल्लाह तरारले आगामी २४ देखि ३६ घण्टामा भारतले पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्नसक्ने दाबी गरेका छन्। तरारले आज बिहान एक भिडियो एक्स (X) मा पोष्ट गर्दै भने, "पाकिस्तानसँग एक विश्वसनीय खुफिया एजेन्सी छ, जसका अनुसार पहलगाम घटनामा निराधार र भ्रामक आरोप लगाएर भारत पाकिस्तानविरुद्ध सैन्य कारबाही...

चीनले १२५ प्रतिशत करबाट छुट पाउने अमेरिकी उत्पादनहरूको सूची बनाउँदै

काठमाडौं: चीनले अमेरिकी उत्पादन भएका केही वस्तुहरूलाई लाग्ने १२५ प्रतिशत आयात करमा छुट दिने सूची तयार गर्दैछ। स्रोतका अनुसार, चिनियाँ सरकारले यसबारे कम्पनीहरूलाई गुपचुप सूचना दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। यस कदमको उद्देश्य अमेरिकासँगको व्यापार युद्धको प्रभावलाई कम गर्नु रहेको बताइएको छ। चीनले पहिल्यै केही विशिष्ट वस्तुहरू जस्तै फार्मास्युटिकल, माइक्रोचिप,...

क्यानडाको आमनिर्वाचनमा लिबरल पार्टीको अप्रत्याशित जित

काठमाडौं, वैशाख १८ — क्यानडामा सम्पन्न आमचुनावमा प्रधानमन्त्री मार्क कर्नी नेतृत्वको लिबरल पार्टीले आश्चर्यजनक सफलता हासिल गरेको छ। पछिल्ला सर्वेक्षणहरूमा पछाडि देखिएको लिबरल पार्टीको यो विजयलाई विश्लेषकहरूले अभूतपूर्व परिवर्तनका रूपमा बुझेका छन्। चुनावअघि लिबरल पार्टीका प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका नेता पियर पोइलिभ्रेले लोकप्रियतामा अग्रता लिएका थिए। तर चुनावी परिणामले पुराना अनुमानहरू उल्ट्याउँदै...

गोप्य सैन्य योजना परिवारसँग सार्वजनिक गरेपछि अमेरिकी रक्षामन्त्री विवादमा

वासिङ्टन । यमनस्थित हुथी विद्रोही समूहविरुद्धको हवाई आक्रमणबारे गोप्य योजना परिवारका सदस्यसँग च्याट बाहिरिएपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथ विवादमा तानिएका छन्। सीबीएस न्यूजका अनुसार मन्त्री हेगसेथले १५ मार्चमा ‘सिग्नल’ नामक निजी च्याट एपमार्फत् आफ्नी पत्नी, भाइ र निजी वकिललाई आक्रमणको योजना सम्बन्धी सूचना पठाएका थिए। ती सन्देशमा एफ/ए-१८ होर्नेट्स लडाकु विमानको...