थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटनामा ३ जनाको मृत्यु

थाइल्याण्ड — प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ, थाइल्याण्ड प्रहरीले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार, बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानको क्रममा विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। ...

रुसी आक्रमणमा सुमीमा ६ युक्रेनी सैनिकको ज्यान गयो, तालिमस्थल लक्षित

सुमी, युक्रेन — युक्रेनको सुमी क्षेत्रमा रुसी सेनाको आक्रमणमा परी युक्रेनी नेशनल गार्डका ६ जना सैनिकको ज्यान गएको पुष्टि गरिएको छ। युक्रेनी राष्ट्रिय गार्डले बुधबार बिहान जारी गरेको वक्तव्यमा उक्त जानकारी दिएको हो। घटनाको समय सैनिकहरू एक प्रशिक्षण अभ्यास (फायरिङ रेन्ज) मा संलग्न थिए। सोही क्रममा गरिएको आक्रमण घातक भएको बताइएको...

पुटिनलाई मनाउन ट्रम्प असफल, युद्धविराम अन्योलमा

काठमाडौं, जेठ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको फोन वार्ताबाट युक्रेन–रूस युद्धविरामको प्रयास सफल हुन सकेन। दुई घण्टासम्म चलेको कुराकानीमा ट्रम्पले युद्ध रोक्न दबाब दिने भन्दा वार्ता प्रक्रियालाई समर्थन मात्र गरे। युरोपेली नेताहरूले ट्रम्पलाई युद्धविरामको पक्षमा उभ्याउने प्रयास गरे पनि परिणाम देखिएन। रूसले युद्धविरामको सट्टा युक्रेनसँग टर्कीमा...

अमेरिकाबाट चार महिनामा १२६ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएको चार महिनामा १२६ जना नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरेको छ। सन् २०२५ को जनवरी २० देखि मे १९ सम्मको अवधिमा उनीहरूलाई अमेरिकाबाट फिर्ता पठाइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत अञ्जन न्यौपानेका अनुसार, “पछिल्ला चार महिनामा १२६ नेपाली डिपोर्ट...

जर्मनीबाट उडेको विमान १० मिनेटसम्म पाइलटबिनै

काठमाडौं । जर्मनीको फ्र्याङ्कफर्टबाट स्पेनको सेभिलतर्फ उडेको लुफ्थान्सा एयरलाइन्सको एक विमान झण्डै १० मिनेटसम्म पाइलटबिनै आकाशमा उडेकाे खुलासा भएको छ।२०० यात्रु सवार सो विमानमा यस्तो जोखिमपूर्ण घटना गत वर्ष फेब्रुअरी २०२४ मा भएको भए पनि हाल मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो। स्पेनिस उड्डयन अनुसन्धानकर्ताहरूको प्रतिवेदन अनुसार विमानका क्याप्टेन शौचालय...

गाजामा युद्ध अन्त्यको सम्भावना : हमाससँग सम्झौता गर्न इजरायल तयार

जेरुसेलम, जेठ ४ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्न हमाससँग सम्भावित सम्झौताको संकेत दिनुभएको छ।प्रधानमन्त्री कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इजरायल वार्ता गर्न तयार रहेको उल्लेख गरेको हो। “यस क्षणमा पनि दोहा वार्ता टोलीले बन्धक मुक्ति र युद्ध अन्त्यसँग सम्बन्धित सम्भावनाहरूको खोजी गरिरहेको छ,” विज्ञप्तिमा भनिएको...

गाजामा भोकमरीको अवस्था गम्भीर, ट्रम्पले सहायता दिने संकेत

वासिङ्टन डी.सी. । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रका मानिसहरू गम्भीर भोकमरीको चपेटामा परिरहेको बताएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले गाजाको अवस्थाप्रति अमेरिकाले चासो लिएको र सहयोगका लागि तयार रहेको संकेत गरेका हुन्। "हामी गाजालाई नियालिरहेका छौँ र यसको ख्याल राख्नेछौँ। धेरै मानिस भोकमरीमा छन्," ट्रम्पले संक्षिप्त प्रतिक्रिया दिँदै भने।...

दक्षिणी गाजामा हवाई आक्रमण: खान युनिसमा ५४ जनाको मृत्यु

गाजा । दक्षिणी गाजाको खान युनिस सहरमा रातभर गरिएको हवाई आक्रमणमा कम्तीमा ५४ जनाको मृत्यु भएको छ। एसोसिएटेड प्रेसका अनुसार, सहरमा एक रातमै १० वटा हवाई आक्रमण भएको देखिएको छ। स्थानीय स्रोतहरूका अनुसार, खान युनिसस्थित नासेर अस्पतालको शवगृहमा ठूलो संख्यामा शवहरू ल्याइएको छ। अस्पताल प्रशासनले ५४ जनाको मृत्यु पुष्टि गरेको छ।...

पाकिस्तानलाई मोदीको चेतावनी: भने आतंकवाद र वार्ता एकसाथ चल्न सक्दैन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई कडा चेतावनी दिएका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भारतको ‘अपरेसन सिन्दुर’ को सफलता र भारतीय सेनाले देखाएको बहादुरीको तारिफ गरेका थिए। उनले अपरेसन सिन्दुरले आतंकवादविरूद्ध नयाँ मान्यता स्थापित गरेको दाबी गरे र २१ औं शताब्दीको युद्धमा भारतको श्रेष्ठता प्रमाणित भएको बताए। “अपरेसन सिन्दुरको क्रममा...

अमेरिका–चीनबीच ९० दिनका लागि ट्यारिफ स्थगन गर्ने सहमति, भन्सार दरमा उल्लेखनीय कटौती

काठमाडौं, वैशाख ३० – अमेरिका र चीनले आगामी ९० दिनका लागि पारस्परिक रूपमा ट्यारिफ (भन्सार) शुल्क स्थगन गर्ने सहमति गरेका छन्। सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै देशले उक्त निर्णय सार्वजनिक गरेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनसँगको वार्तापछि भन्सार शुल्कमा ११५ प्रतिशतसम्म कटौती गर्ने सहमति भएको जानकारी दिएका छन्। उनका...