इरानको मिसाइल आक्रमण इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा, २२० बढीको मृत्यु

काठमाडौं — इरानले इजरायलको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा मिसाइल आक्रमण गरेको छ। अमेरिकी पत्रिका द न्युयोर्क टाइम्स का अनुसार, उत्तरी इजरायलको हाइफा बे क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा गएराति मिसाइल प्रहार भएको हो, जसपश्चात ठूलो आगलागी भएको पुष्टि गरिएको छ। आगोलागीका कारण सो क्षेत्रमा मानिसहरू अड्किएको र बिहान ढिलासम्म इजरायली...

इजरायलको दाबी: तेहरानको आकाशीय नियन्त्रणमा लियौं, इरानका एकतिहाइ मिसाइल प्रक्षेपक नष्ट

काठमाडौं — इजरायली सेनाले इरानको राजधानी तेहरानको हवाई क्षेत्रमाथि पूर्ण नियन्त्रण कायम गरेको दाबी गरेको छ। पत्रकार सम्मेलनमा इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले यस्तो दाबी गर्दै इरानको मिसाइल क्षमतामा ठूलो क्षति पुर्‍याइएको जानकारी दिएका हुन्। उनका अनुसार, इजरायली सेनाले अहिलेसम्म इरानको कुल मिसाइल प्रक्षेपण प्रणालीमध्ये करिब एकतिहाइ अर्थात् १२०...

ट्रम्प प्रशासन भुटान सहित ३६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने तयारीमा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजिप्ट र जिबुटीजस्ता प्रमुख साझेदार राष्ट्रहरू समेत परेका ३६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको वासिङटन पोस्टलाई उद्धृत गर्दै द इन्डिपेन्डेन्ट ले जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षर गरिएको सम्बन्धित निर्देशनपत्र (मेमो) शनिबार अमेरिकी राजदूतहरूलाई पठाइएको थियो। सो मेमोमा सूचीमा परेका देशहरूले...

अस्ट्रियाको विद्यालयमा भीषण गोलीकाण्ड, ११ जनाको मृत्यु

अस्ट्रिया — अस्ट्रियाको ग्राजस्थित एक माध्यमिक विद्यालयमा मंगलबार भएको भीषण गोलीकाण्डमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमध्ये १० जना विद्यालयका विद्यार्थी र कर्मचारीहरू रहेका छन् भने आक्रमणकारीले आत्महत्या गरेपछि मृतकको संख्या ११ पुगेको हो। देशको इतिहासमै सबैभन्दा ठूलो विद्यालयभित्रको गोलीकाण्ड मानिएको यो घटनाप्रति अस्ट्रिया सरकारले गहिरो दुःख व्यक्त गर्दै तीन...

युक्रेनी राजधानी किभमा रुसी ठूलो हवाई आक्रमण, धेरैको मृत्यु

काठमाडौँ —रुसले युक्रेनी राजधानी किभमा ठूलो हवाई आक्रमण गरेको छ। यस आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। यो आक्रमण रुस-युक्रेन युद्ध सुरु भएको तीन वर्षयताकै सबैभन्दा ठूलो हवाई हमला हो भन्ने अन्तर्राष्ट्रिय मिडियाको प्रतिवेदन छ। आक्रमणको प्रतिक्रियामा युक्रेनले रुसको आर्कटिक र साइबेरियामा रहेका चार...

राष्ट्रिय सुरक्षागार्ड तैनाथीपछि लस एञ्जलसमा प्रदर्शन चर्कियो, गाडीमा आगजनी

लस एञ्जलस — राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा राष्ट्रिय सुरक्षागार्डको असाधारण तैनाथी गरेपछि आइतबार यहाँ हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले प्रमुख राजमार्ग (फ्रीवे) समेत अवरुद्ध गरेका थिए। प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शनकारीहरूले सवारीसाधनमा आगजनी गर्दा सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका थिए। भिड नियन्त्रणका लागि सुरक्षाकर्मीहरूले विस्फोटक...

ट्रम्प र मस्कबीच आरोप–प्रत्यारोप

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति उद्यमी एलन मस्कबीच पछिल्लो केही दिनयता सार्वजनिक रूपमा आरोप–प्रत्यारोप र धम्कीको श्रृंखला चलेको छ। सरकारी खर्चबारे मतभेदबाट सुरु भएको विवाद अहिले व्यक्तिगत आरोप र कम्पनीहरूमाथिको संभावित कारबाहीसम्म पुगेको छ। एलन मस्कले एक हप्ताभन्दा बढी समयदेखि राष्ट्रपति ट्रम्पको प्रमुख खर्च विधेयकको विरोध गर्दै सामाजिक...

गाजामा इजरायली ट्याङ्कको गोलीबारीमा २६ को ज्यान गयो, १५० भन्दा बढी घाइते

काठमाडौं, जेठ १८ – गाजाको रफाह क्षेत्रमा इजरायली ट्याङ्कबाट भएको गोलाबारीमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्। मृतक र घाइतेहरू अधिकांश नागरिक रहेको जनाइएको छ। स्थानीय पत्रकार मोहम्मद गरिबका अनुसार घटना अमेरिकी सहयोगमा सञ्चालित मानवीय राहत वितरण केन्द्र नजिकै भएको हो। उनका अनुसार ठूलो...

भारतमा आश्रय लिएकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध बंगलादेशमा मानवता विरोधी अपराधको मुद्दा दर्ता

बंगलादेशमा लामो समय सत्तामा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवता विरोधी अपराधको आरोपमा कानुनी कारबाही सुरु भएको छ। सरकारी वकिलहरूका अनुसार, गत वर्ष भएको विद्यार्थी नेतृत्वको आन्दोलनलाई सरकारले बलपूर्वक दबाउन खोज्दा भएको हिंसात्मक घटनामा संलग्नताको आरोप हसिना तथा उनका दुई वरिष्ठ अधिकारीमाथि लगाइएको हो। ब्लुमबर्गको समाचार अनुसार, आइतबार यस मामिलामा औपचारिक अभियोग...

मिस वर्ल्ड विवाद : मिस इङ्गल्यान्डले हैदराबादको पेजेन्ट छाडिन्, आयोजकमाथि गम्भीर आरोप

काठमाडौँ — मिस इङ्गल्यान्ड २०२५ की प्रतिस्पर्धी मिला म्यागीले हैदराबादमा चलिरहेको मिस वर्ल्ड पेजेन्ट बीचमै छाडेकी छिन्। उनले आयोजकहरूलाई प्रायोजक र फाइनान्सरसँग ‘सम्बन्ध विस्तार’ गर्न दबाब दिएको गम्भीर आरोप लगाएकी छन्। २४ वर्षीया म्यागीले बेलायती पत्रिका ‘द सन’सँगको अन्तर्वार्तामा भनिन्, "हामी सामाजिक विषयमा आवाज उठाउन आएका थियौं, मनोरञ्जन दिन होइन। पेजेन्टमा...