एट्लेटिकोविरुद्ध बार्सिलोनाको उत्कृष्ट पुनरागमन, २ गोलको अग्रता उल्टाउँदै ४ गोल गर्‍यो

स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको म्याड्रिडविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको छ। आइतबार एट्लेटिकोको मैदानमा भएको खेलमा बार्सिलोनाले ४-२ गोलको जित निकालेको हो। खेलको ७२ मिनेटसम्म बार्सिलोनाले २-० गोलले पछि परेको स्थिति थियो। एट्लेटिकोका अल्भारेजले ४५ मिनेटमा र सोर्लोथले ७० मिनेटमा गोल गरेका थिए। बार्सिलोनाका लागि लेवान्डोवस्कीले ७२ मिनेटमा गोल...

नेपालको सान्त्वना जित: हङकङलाई ६ विकेटले हरायो

काठमाडौं : वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ। टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि...

च्याम्पियन्स लिग : यी हुन् क्वार्टरफाइनल प्रवेश गरेका चार टोली

काठमाडौं : यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले इंग्लिस क्लब लिभरपुललाई उसैको मैदानमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। मंगलबार राति एन्फिल्डमा भएको खेलको दोस्रो लेगमा पीएसजीले १–० को अग्रता बनाएपछि नतिजा पेनाल्टी सुटआउटबाट निर्धारण भएको थियो। पेनाल्टीमा पीएसजीले ४–१ ले जित निकालेको हो। पहिलो लेगमा लिभरपुलले...

न्युकासलको शीर्ष चारमा प्रवेशको दाबी

काठमाडौँ — न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामलाई १–० ले हराउँदै शीर्ष चारको दाबी प्रस्तुत गरेको छ। खेलको एक मात्र गोल ब्रुनो गुइमारेसले दोस्रो हाफमा गरेका थिए। यो जितसँगै न्युकासल ४७ अंकका साथ छैटौं स्थानमा रहँदा, चौथो स्थानमा रहेको चेल्सीसँग मात्र दुई अंकको दूरी रहेको छ। साथै, पाँचौं स्थानमा...

वुमन्स डे टी–२० सिरिजमा नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं — युगान्डामा जारी वुमन्स डे कप टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपाल महिला क्रिकेट टिम आज हङकङविरुद्ध मैदान उत्रिँदैछ। खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे एन्टेब्बे क्रिकेट ओभलमा सुरु हुने तय भएको छ। यसअघिको खेलमा नेपालले युगान्डालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो। युगान्डाले दिएको ७६ रनको...

नेपाली महिला फुटबलको वरियता सुधार

काठमाडौं : नेपाली महिला फुटबल टिमको फिफा  रैंकिङ सुधार भएको छ। नेपाल ४ स्थान अगाडि बढ्दै १०३ औं स्थानबाट ९९ औं स्थानमा पुगेको हो। नेपालको प्रदर्शन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चार राष्ट्रको महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आधारित रहेर रैंकिङमा सुधार आएको हो। नेपालले चार राष्ट्रीय प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई १–०, लेबनानलाई १–०...

ब्राजिलियन राष्ट्रिय टिममा फर्किए नेइमार

काठमाडौं : ब्राजिलियन फरवार्ड नेइमार जुनियर राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका छन्। उनी घुँडाको चोटका कारण केही समयको लागि टिमबाट बाहिर थिए। २०२३ को अक्टोबर महिनामा घुँडामा चोट लागेर उनी राष्ट्रिय टिमबाट बाहिरिएका थिए। १७ महिनापछि उनले अब पुन: टिममा फर्केका हुन्। उनी विश्वकप छनोटको खेल खेल्नका लागि राष्ट्रिय टिममा फर्किएका छन्। प्रशिक्षक...

पारा एथलेटिक्स टोली भारत जाँदै

काठमाडौँ, भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार भारत जान लागेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रममार्फत बिदाइ गर्नुभयो। यो प्रतियोगिता मार्च ७ देखि १४ तारिखसम्म हुने छ, जहाँ ५ पुरुष...

न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं। दक्षिण अफ्रिकालाई हराएर न्युजिल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ। पाकिस्तानको लाहोरमा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रन बनायो। यसमा रचिन रविन्द्रले १०८ र...

च्याम्पियन्स लिग फुटबलमा आज चार खेल

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको राउण्ड अफ सिक्सटिनका खेलहरु शुरु भएका छन् । मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा रियाल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ ले हरायो । आफ्नै मैदानमा हात पारेको यो जितले रियाल मड्रिडलाई दोस्रो लेगको खेलपूर्व महत्वपूर्ण अग्रता मिलेको छ । च्याम्पियन्स लिगकै अर्को खेलमा...