एपीएफ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं। विभागीय टोली एपीएफले तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ। देवीनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा आइतबार भएको खेलमा एपीएफले आयोजक करेन्ट रूपन्देही–११ लाई १–० ले पराजित गर्‍यो। अब एपीएफले सोमबार फाइनलमा प्रवेशका लागि संकटा र जर्जियन एफसीबीचको विजेतासँग खेल्नेछ। एपीएफ र रूपन्देहीबीचको खेल शनिबार नै सम्पन्न हुने तय गरिएको थियो, तर खराब...

रोनाल्डो भन्छन्– पोर्चुगल दबाबमा छ

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आइतबार नेसन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कविरुद्ध मैदान उत्रिनुअघि आफ्नो टोली दबाबमा रहेको बताएका छन्। कोपेनहेगनमा सम्पन्न खेलमा डेनमार्कका रास्मस होल्यान्डले निर्णायक गोल गर्दा घरेलु टिमले पोर्चुगललाई १–० ले हराएको थियो। तर, दोस्रो लेगमा मैदान उत्रिनुअघि रोनाल्डोले घरेलु मैदानमा समर्थकको साथले नतिजा उल्ट्याउन सक्ने आशा व्यक्त...

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मी क्लबले गण्डकीलाई पराजित गर्‍यो

घोराही (दाङ) — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो। लमहीस्थित क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३०.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो। गण्डकीका लागि अर्जुन कुमालले...

घरेलु मैदानमा कर्णालीसँग लुम्बिनीको हार

काठमाडौँ — प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशमाथि ५ रनको जित दर्ता गरेको छ। सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा अलआउट हुँदै २०० रन बनाउन सफल भयो। लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन बनाएका थिए। उनले...

संकटालाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

चितवन — राष्ट्रिय महिला फुटबल प्रतियोगितामा मंगलबार लिगको अन्तिम खेलमा संकटा फुटबल क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा आर्मीले २–० को जित हासिल गर्‍यो। आर्मीको जीतमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे। पहिलो हाफमा संकटा टीमले आर्मीलाइ रोक्ने प्रयास गरे पनि दोस्रो हाफमा...

खेलकुद पूर्वाधारमा कर्णालीले राम्रो गरेको छ : खेलकुदमन्त्री चौधरी

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदको तयारीमा कर्णाली प्रदेश सरकारले तयार पारेको भौतिक पूर्वाधार उत्कृष्ट रहेको बताएका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा खेलकुदमन्त्री चौधरीले कर्णाली प्रदेशको खेलकुद आयोजना गर्नका लागि तयार पारिएको पूर्वाधारको प्रशंसा गर्दै त्यसको महत्त्व उल्लेख गरे। मन्त्री चौधरीले राष्ट्रिय खेल...

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौँ — कर्णाली प्रदेशमा जेठ महिनामा हुने दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद २०८२ को मिति जेठ ३ देखि १० सम्म तय गरिएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राखेपका अध्यक्ष तेजुलाल चौधरी र उपाध्यक्ष ध्रुव आचार्यले लोगो र मस्कट सार्वजनिक गरेका थिए। मंसिरमा १००...

एट्लेटिकोविरुद्ध बार्सिलोनाको उत्कृष्ट पुनरागमन, २ गोलको अग्रता उल्टाउँदै ४ गोल गर्‍यो

स्पेनिस ला लिगामा बार्सिलोनाले एट्लेटिको म्याड्रिडविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको छ। आइतबार एट्लेटिकोको मैदानमा भएको खेलमा बार्सिलोनाले ४-२ गोलको जित निकालेको हो। खेलको ७२ मिनेटसम्म बार्सिलोनाले २-० गोलले पछि परेको स्थिति थियो। एट्लेटिकोका अल्भारेजले ४५ मिनेटमा र सोर्लोथले ७० मिनेटमा गोल गरेका थिए। बार्सिलोनाका लागि लेवान्डोवस्कीले ७२ मिनेटमा गोल...

नेपालको सान्त्वना जित: हङकङलाई ६ विकेटले हरायो

काठमाडौं : वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ। टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि...

च्याम्पियन्स लिग : यी हुन् क्वार्टरफाइनल प्रवेश गरेका चार टोली

काठमाडौं : यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले इंग्लिस क्लब लिभरपुललाई उसैको मैदानमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। मंगलबार राति एन्फिल्डमा भएको खेलको दोस्रो लेगमा पीएसजीले १–० को अग्रता बनाएपछि नतिजा पेनाल्टी सुटआउटबाट निर्धारण भएको थियो। पेनाल्टीमा पीएसजीले ४–१ ले जित निकालेको हो। पहिलो लेगमा लिभरपुलले...