दीपा र हिराको स्थानमा मनमाया र सुष्मालाई मौका

काठमाडौँ: घाइते दीपा शाही र हिराकुमारी भुजेलको स्थानमा मनमाया दमाईं र सुष्मा तामाङलाई समेटेर नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ। बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले फोर नेसन्स कपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको हो। यस टोलीमा पहिलोपटक एपिएफ क्लबकी रक्षक मनमाया र वालिङ नगरपालिकाबाट खेल्ने मिडफिल्डर सुष्माले...

नेपाललाई फिफा वरीयता सुधार्ने अवसर

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ५ फागुनदेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गर्दैछ। एएफसी एसियन कप र फिफा महिला विश्वकप छनोटको तयारीका रूपमा नेपालले यो प्रतियोगिता आयोजना गरेको हो। दशरथ रंगशालामा हुने च्याम्पियनसिप ‘फिफा डे’ का दिन हुनेछ, जसले नेपाललाई आफ्नो फिफा वरीयता सुधार्ने अवसर दिनेछ। हाल, फिफाको महिला वरीयतामा नेपाल १०३...

आहा-रारा पोखरा गोल्डकप: चर्च ब्वाइजले त्रिभुवन आर्मीबाट बदला लियो

पोखरा — चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी क्लबसँग गत वर्षको पराजयको बदला लिँदै २४ औं आहा-रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। गत वर्षको सेमिफाइनलमा आर्मीले चर्च ब्वाइजलाई २–१ ले हराएको थियो, तर यसपालि चर्च ब्वाइजले १–० ले जित्दै बदला लिएको हो। सोमबारको खेलमा चर्च ब्वाइजका लागि निर्णायक गोल ९०...

लिखुभुजी युवा क्लबले जित्यो हाङथुम कप

संखुवासभा: संखुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा सम्पन्न ४६औं हाङथुम कप पुरुष फुटबल प्रतियोगितामा लिखुभुजी युवा क्लबले उपाधि जितेको छ। शनिबारको फाइनलमा रामेछापको लिखुभुजीले सुनसरीको सिर्जना युवा क्लब धरानलाई १-० गोलले हराउँदै उपाधि हात पारेको हो। पहिलो हाफ गोलरहित बराबरी रहनपछि दोस्रो हाफको ७९औं मिनेटमा लिखुभुजीका करण मगरले गरेको गोल निर्णायक बन्यो। पेनाल्टीमा...

बागमती युवा क्लबले जित्यो मरिण गोल्डकप

सिन्धुली: सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित पहिलो मरिण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सर्लाहीको बागमती युवा क्लबले जितेको छ। मरिण गाउँपालिका–२ मुङ्ग्रे खेल मैदानमा भएको फाइनलमा बागमतीले आयोजक मुङ्ग्रे युनाइटेड युवा क्लबलाई ४-३ गोलले पराजित गर्दै उपाधि हात पारेको हो। निर्धारित समयमा गोल नहुनु भएपछि पेनाल्टी सुटआउटमार्फत विजेता र उपविजेताको निर्धारण गरिएको...

दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि कास राईले जिते

सिन्धुपाल्चोक: पाँचौं लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस – २०८१ को उपाधि त्रिभुवन आर्मी क्लबका कास राईले जितेका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ स्थित तातोपानी सुख्खा बन्दरगाहबाट लिस्तीकोट हुँदै दुगुनागढीसम्मको २४.५ किलोमिटरको दूरी २ घण्टा ८ मिनेट ४१ सेकेण्डमा पार गर्दै राई विजयी बने। उनी २ सय २४ प्रतिस्पर्धी धावकलाई पछि पार्दै पहिलो...

एसी मिलान पुगे फेलिक्स

चेल्सीका फरवार्ड जाओ फेलिक्स इटालियन क्लब एसी मिलानमा लोनमा जानुभएको छ। २५ वर्षीय फेलिक्सका लागि मिलानले पाँच मिलियन पाउन्डको लोन शुल्क तिरेको छ, तर यो सम्झौतामा भविष्यमा स्थायी सम्झौताका लागि कुनै व्यवस्था गरिएको छैन, बीबीसीले जनाएको छ। फेलिक्सले चेल्सीसँग गत अगस्टमा सात वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए, तर यसअघि उनले सन्...

बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा एनआरटी र काँकडभिट्टा भिड्दै

सुनसरी — २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ। धरान रंगशालामा आज दिउँसो ३:१५ बजे साविक विजेता न्युरोड टिम (एनआरटी) क्लब र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ। आजको खेलको विजेताले सेमिफाइनलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी)सँग फाइनल स्थानको लागि बिहीबार खेल्नेछ। यसअघि हिजोको खेलमा राष्ट्रिय...

स्पिनर रचना चौधरीले नेपाली महिला क्रिकेट टोलीमा डेब्यू गर्दै पहिलो विकेट लिइन्

नेपाली महिला क्रिकेट टोलीमा यू-१९ स्पिनर रचना चौधरीले आफ्नो डेब्यू गरेको छ। कीर्तिपुरको त्रिवि मैदानमा चलिरहेको नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजमा मंगलबार थाइल्यान्डविरुद्धको खेलमा उनले डेब्यू गरेकी हुन्। रचना चौधरी हालै आइसिसी यू-१९ विश्वकपमा खेली फर्केकी थिइन्। उनले विश्वकपमा स्कटल्यान्डविरुद्ध २ र बंगलादेशविरुद्ध १ विकेट लिएका थिए। घरेलु क्रिकेटमा उनी गण्डकी...

ला लिगामा उपाधि होड त्रिकोणात्मक: बार्सिलोनाको जितसँगै लिग थप रोमाञ्चक

ला लिगामा उपाधिको प्रतिस्पर्धा त्रिकोणात्मक भएको छ।बार्सिलोनाले आइतबार डेपोर्टिभो लाकुरुनालाई १–० ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ। यससँगै, लिग उपाधिका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ। बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्कीले एकमात्र गोल गरे। बार्सिलोनाले २२ खेलबाट ४५ अंक संग तेस्रो स्थानमा छ, र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग चार अंकको...