सरकारले भन्यो : सूशासन कायम गराउन अध्यादेश ल्याइएको हो

काठमाडौं : सरकारले सुशासन कायम गराउन अध्यादेश ल्याइएको दाबी गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद् भानुभक्त जोशीले राखेको सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गराउन अध्यादेश ल्याइएको...

समाजलाई बदल्न विद्रोह जरूरी : शंकर पोखरेल

फाइल तस्बिर। काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई बदल्न विद्रोह जरूरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अनुशासित विद्रोहको प्रतिनिधि पात्र प्रधानमन्त्री केपी शर्मा ओली भएको उल्लेख गरे । प्रधानमन्त्री...

एमालेलाई कुनै राजनीतिक घटनाले विचलित तुल्याउन सक्दैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)लाई कुनै पनि राजनीतिक घटनाले विचलित तुल्याउन नसक्ने बताएकी छन् । गणेश पाण्डेको ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले एमालेसँग जनआधारित अनुशासित, समर्पित कार्यकर्ता र सदस्यको व्यापक विस्तारित पंक्ति रहेको बताइन् । एमालेसँग अनुभवी, संयमी र दृढ संकल्प...

अहिले एमालेलाई बलियो साथ दिएमात्र हाम्रो पालामा पुरापुर सहयोग मिल्नेछ : सभापति देउवा

फाइल तस्बिर। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले सहभागी संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।उनले सोमबार भैरहवामा कांग्रेसको नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको क्षेत्रीय सभापतिका लागि प्रशिक्षण कार्यक्रममा बोल्दै भने, “अहिलेको एमाले नेतृत्वको सरकारलाई कांग्रेसको पूर्ण समर्थन भए मात्र भविष्यमा कांग्रेस...

एमाले मोरङको निर्वाचन तालिका सार्वजनिक, मनोनयनको विवाद मिलेन

विराटनगर। नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। कोसी प्रदेशको राजधानी विराटनगरमा एमालेको दशौँ जिल्ला अधिवेशन भइरहेको छ। सोमबार निर्वाचन प्रक्रिया थाल्नको लागि कार्यतालिका सार्वजनिक गरिएको हो। तालिका अनुसार, सोमबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। निर्वाचन मण्डलले आइतबार साँझ नै निर्वाचनसम्बन्धी तयारी सुरु...

स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा १४ समिति गठन

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि विभिन्न १४ वटा समिति गठन गरेको छ। चैत ५ गतेको निर्वाचनको तयारीका लागि यी समितिहरू बनाइएका हुन्। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिएका अनुसार, स्ववियु निर्वाचनमा संघका प्रत्यक्ष र समानुपातिक पदका उम्मेदवारलाई निर्वाचित गराउन र संघको निर्वाचनमा...

सिराहा घटनामा संलग्नलाई कडा कारबाही गरिने: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सिराहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिंकु कुमारी सदायको सामूहिक बलात्कारपछि मृत्युको घटनामा संलग्न सबैलाई कानूनी कारबाही गरिने प्रतिबद्धता जनाएका छन्। आजको राष्ट्रिय सभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, "रिंकु सदायको घटनामा संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन हामी सक्रियतासाथ काम गर्दैछौं।" उनले थपे, "हामी पक्का...

भूमि अध्यादेश फिर्ता नलिएसम्म अरू पाँच अध्यादेशलाई समर्थन गर्दैनौं : अध्यक्ष यादव

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संसद् अधिवेशन आह्वान गर्नुपर्ने बेलामा महत्वपूर्ण कानूनी व्यवस्था अध्यादेशमार्फत ल्याउनुका पछाडि सरकारको गलत दृष्टिकोण र स्वार्थ रहेको बताएका छन्। उनले भने, "भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरेसम्म अरू पाँचवटा अध्यादेश पनि पारित गर्न सकिन्न।" पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक र संगठनात्मक प्रतिवेदन प्रस्तुत...

नेपाल र जापानबीच व्यापारिक सम्बन्ध थप सशक्त हुँदै : प्रधानमन्त्री ओली

फाइल तस्बिर। काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ मार्फत नेपाल र जापानबीचको सम्बन्ध अझै प्रगाढ बनाउने अवसर मिल्ने विश्वास व्यक्त गरे। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जापानको टोली र नेपाली समन्वयकर्तासँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीचको सरकार–सरकार र जनताबीचको पुरानो सम्बन्ध अहिले व्यापार, आयात–निर्यातमा पनि विस्तार भइरहेको जानकारी...

छाडातन्त्र, अराजकता र समाज विकृत बनाउने विषयलाई हटाउनका लागि सरकारले ल्याएको सोसल मिडिया विधेयक:ओली

फाइल तस्बिर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोगले अपराधमा वृद्धि भएको र सामाजिक सञ्जालमा अराजकता फैलिरहेको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने, सामाजिक सञ्जालले कतिपय परिवारलाई विघटित बनाएको छ। प्रधानमन्त्री ओलीले सरकारले सामाजिक सञ्जालको प्रयोगमा नियन्त्रण ल्याउने उद्देश्यले सोसल मिडिया विधेयक ल्याएको र यसले...