कर्णाली नदीमा गाई हेल्ने व्यक्तिलाई कारबाही गर्न सांसद रानाको माग

काठमाडौं: नेपाली कांग्रेसकी सांसद सीता कुमारी रानाले गाईलाई निर्ममतापूर्वक कुटी नदीमा हेल्ने व्यक्तिहरूलाई कारबाहीको माग गरेकी छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद रानाले परम्पराको नाममा गाईको अधिकारको हनन गरी जबरजस्ती नदीमा हाल्नु गैरकानूनी भएको भन्दै यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेकी हुन्। उनले भनिन्, "परम्पराको आवरणमा मानिसहरू कतिसम्म गिरावटमा पर्छन्। गौदानपछि...

ज्ञानेन्द्र शाहीलाई ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग

फाइल तस्बिर । काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नेकपा (एमाले) का सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेर सम्बोधन गरेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा सांसद सिंहले गलत इतिहास प्रस्तुत गरेर शाहीलाई अपशब्द प्रयोग गरेको आरोप लगाएका छन्। सांसद...

लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताउनुभएको छ । आइतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले योजनाहीन धैयर्ता र सक्रियता नभइ योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आशावादीताका...

सरकारले व्यापार गर्न हुन्न :प्रमुख सचेतक घिमिरे

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारलाई व्यापार नगर्न आग्रह गरेका छन्। यदि सरकारले व्यापार गरिरहेको छ भने, तुरुन्तै बन्द गर्नुपर्ने उनको भनाइ छ। आजको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै घिमिरेले भने, "सरकारले व्यापार गर्नु हुँदैन। यदि सरकार व्यापार गरिरहेको छ भने, तत्काल बन्द गरियोस्।" उनले सामाजिक र धार्मिक क्षेत्र...

यो सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतिर छैन : प्रकाश ज्वाला

फाइल तस्बिर। काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले आफ्ना जिम्मेवारीहरू पूरा नगरेको भन्दै असन्तोष व्यक्त गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ज्वालाले सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नमा नभएको बताएका हुन्। उनले देशको अर्थतन्त्र अहिले गम्भीर संकटमा रहेको र सरकारको ध्यान यसतर्फ नलगाइएको बताए। विशेष गरी, पूर्व...

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनालाई कसैले रोक्न सक्दैन: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनालाई कुनै पनि शक्ति रोक्न नसक्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा मिडिया नेपालको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा लिङ्देनले भने, “देश अहिले चौबाटोमा पुगिसकेको छ र अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनालाई रोक्न असम्भव...

सगरमाथा संवाद कार्यक्रमलाई चुस्त–दुरुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन निर्देशन दिएका छन्। सो कार्यक्रमका लागि प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा स्थापना भएको सचिवालयको निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायसमक्ष सन्देशको प्रभावकारी प्रवाह र व्यवस्थापनको चुस्टता सुनिश्चित गर्न निर्देशन...

नेकपा एसले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं — नेकपा एसले जनसरोकारका मुद्दामा चैत २ देखि ६ गतेसम्म मातहतका कमिटीहरूमा छलफल गर्ने घोषणा गरेको छ। पार्टीका महासचिव घनश्याम भूसालका अनुसार, यो आन्दोलन सत्ताको खेल वा आगामी निर्वाचनको जोड-घटाउबाट मुक्त गर्न सुरु गरिएको हो। महासचिव भूसालले चैत ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–संगठन र व्यक्तिहरूसँग संवाद...

एमाले मुख्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं : नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा धर्ना प्रदर्शन गरेको छ। सरकारले अघिल्लो समय भएका सहमतिहरू कार्यान्वयन नगरेको भन्दै शिक्षकहरूले बुधबार एमाले मुख्यालयमा धर्ना दिएका हुन्। महासंघका अनुसार, शिक्षक र विद्यालय कर्मचारीहरूको मुख्य मुद्दा आगामी विद्यालय शिक्षा विधेयकमा समेटिनु पर्ने आवश्यकता छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले...

सत्ताको नेतृत्वमा बिचौलिया रहेका छन्: अध्यक्ष दाहाल

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारले बिचौलियाहरूको प्रभावमा चलिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभा सत्रमा मंगलबार आफ्नो सम्बोधनमा, प्रमुख प्रतिपक्षी दलका नेता दाहालले आफ्नो सरकार षड्यन्त्रद्वारा हटाइएको दावी गरे। अध्यक्ष दाहालले आफ्नो सम्बोधनमा भने, "सत्ताको नेतृत्वमा बिचौलिया छन्, र मेरो सरकार किन हटेको हो भन्ने कुरा मैले बारम्बार स्पष्ट गर्नुपर्दैन।"...