मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन पेश भएको छ । शुक्रबार बसेको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन, २०८०/८१ सभामा पेस गर्नु भएको हो । ...

राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्न सरकारले काम गरिरहेको छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई-मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरु सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भइ सञ्चालनमा आउने...

प्रधानमन्त्री ओलीले कोशी प्रदेश सभामा फागुन २७ गते सम्बोधन गर्ने

फाइल तस्बिर। काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सभामा आगामी फागुन २७ गते सम्बोधन गर्ने भएका छन्। शुक्रबारको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए। यसैगरी, कोशी प्रदेश सरकारले कडा रोग...

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाइँदैन:सभामुख घिमिरे

फाइल तस्बिर। काठमाडौं : संसद सचिवालयले दुई पत्रकारहरूको प्रेस पास निलम्बन गरेको दुई दिनपछि सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने बताएका छन्। शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभामा सभामुख घिमिरेले आफूहरू प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नहुने बताएका हुन्। ‘प्रेस स्वतन्त्रतामाथि कुनै...

ऊर्जामन्त्री खड्काले संसदमा भने– ‘कुलमान कानुनभन्दा माथि छन् भने संसद्ले भनिदिनुपर्छ

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कानुनभन्दा माथि छन् भने संसद्ले यो स्पष्ट गर्नुपर्ने बताएका छन्। सांसदहरूले कुलमानमाथि प्रष्टीकरण सोधेको विषयमा जवाफ दिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। मन्त्री खड्काले कुलमान घिसिङले कार्यसम्पादन मूल्याङ्कनका लागि समयमै अनुरोध नगरेको र मन्त्रालयले पत्राचार गरेपछि...

अमेरिकी सहयोगको दुरुपयोग गर्नेहरूको नामसहित श्वेतपत्र जारी गर्न सांसद खतिवडाको आग्रह

काठमाडौँ — नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकी सहयोगको दुरुपयोग गर्नेहरूको नामसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा बिहीबार बोल्दै सांसद खतिवडाले यस्तो अनुरोध गरेका हुन्। उनले देशको बदनामी भएको भन्दै एनजीओ र आइएनजीओमार्फत आएको रकमको दुरुपयोग भएको आरोप पनि लगाए। सांसद खतिवडाले भने, "एनजीओ र आइएनजीओबाट...

अहिलेको सरकारबाट विकासको अपेक्षा गर्नु दिवा सपना : अध्यक्ष दाहाल

फाइल तस्बिर। माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारबाट विकासको अपेक्षा गर्नु केवल दिवा सपना मात्र हुने बताएका छन्। माओवादीले शुरु गरेको हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत महोत्तरीको जलेश्वर पुगेका अध्यक्ष दाहालले अहिलेको सरकार भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई मात्र बचाउन बनेको सरकार भएको भन्दै, यस सरकारबाट विकासका सपनाहरू देख्नु बेकार हुने बताएका छन्। जलेश्वर नगरपालिकाका...

राजसंस्थाको पक्षमा राप्रपाको मोटरसाइकल र्‍याली

काठमाडौं । काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थाको पक्षमा मोटरसाइकल र्‍यालीको आयोजना गर्‍यो ।राप्रपाले बुधबार आयोजना गरेको मोटरसाइकल र्‍यालीमा राप्रपाका नेताहरुमा मात्रै नभई राजावादी दलका नेता कार्यकर्तादेखि विभिन्न उमेर समूहका व्यक्तिको सहभागिता रहेको थियो । देशमा मौलाएको भ्रष्टाचार, बेथिती र दलहरुको अकर्मण्यताको विरुद्धमा आयोजना गरिएको मोटरसाइकल र्‍यालीमा सहभागीहरुले राजसंस्थामा नाममा...

रास्वपाले प्रधानमन्त्री ओलीलाई सोध्यो- तपाईं हिटलर बन्दै हो ?

रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी ओली हिटलर प्रवृत्तितर्फ अघि बढेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद खनालले प्रधानमन्त्रीलाई प्रश्न सोधेको आरोपमा दुई युट्युबरको प्रेस पास निलम्बन गरिएपछि प्रधानमन्त्रीलाई हिटलर बन्दै हो भनेर प्रश्न गरेका छन्। ‘के तपाईं हिटलर हो ? भनेर प्रश्न सोधेको आधारमा...

जसपा नेपालले राजमार्ग केन्द्रित अभियान चलाउने, पदाधिकारी संख्या बढाउने

काठमाडौं : माओवादी केन्द्रले जनतासँग माओवादीः तराई मधेश जागरण अभियान सञ्चालन गरिरहेको अवस्थामा जसपा नेपालले पनि देशका प्रमुख तीन वटा राजमार्गमा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’लाई वैशाख महिनासम्म सञ्चालन गर्ने निर्णय पार्टीले गरेको छ। उक्त अभियानको समयसीमा सकिएपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग...