पूर्वराजालाई घरमै सिंहासन बनाएर राख्नुस् : प्रधानमन्त्री ओलीको कटाक्ष

पोखरा ।प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै राजावादीहरूलाई घरमै सिंहासन बनाएर राख्न सुझाव दिएका छन्। शुक्रबार पोखरामा आयोजित युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतान्त्रिक व्यवस्था स्थापित भइसकेकाले राजतन्त्र फर्कने सम्भावना नभएको स्पष्ट पारे। “देशमा सिंहासन गयो, अब...

गृहमन्त्री रमेश लेखकमाथि गम्भीर प्रश्न– के गर्दै छ कांग्रेस ?

काठमाडौं ।विदेश पठाउने नाममा भिजिट भिसाको दुरुपयोग र त्यसमा गृह मन्त्रालयसम्म 'कनेक्सन' पुगेको खुलासासँगै देशको राजनीति तातिएको छ। यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम समेत जोडिएपछि कांग्रेस नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएको...

परराष्ट्र मन्त्री आरजु राणा र जापानी विदेश मन्त्रीबीच टोकियोमा भेटवार्ता

नेपालकी परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच टोकियोमा भेटवार्ता भएको छ। मन्त्री राणा हाल जापान भ्रमणमा रहनु भएको छ र बिहीबार टोकियोस्थित जापानी विदेश मन्त्रालयमा विदेशी मन्त्री ताकेसीसँग उक्त भेटवार्ता भएको हो। यस भेटमा नेपाल र जापानका बीचका द्विपक्षीय सम्बन्ध, आपसी चासो र अन्य साझा हितका विषयमा चर्चा...

नेपालमा जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्तावमा डब्लुएचओ सकारात्मक : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा अन्तर्राष्ट्रिय जलवायु स्वास्थ्य सम्मेलन गर्ने प्रस्तावमा विश्व स्वास्थ्य संगठन (WHO) सकारात्मक देखिएको बताएका छन्। स्वीट्जरल्यान्डको जेनेभामा सम्पन्न ७८औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भएर बिहीबार काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले आगामी वर्ष नेपालमा सम्मेलन आयोजना गर्न प्रस्ताव राखिएको...

नेपालमा लोकतन्त्र गोलीले होइन, बोलीले आएको हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र बल प्रयोगबाट नभइ संवाद र जनताको मतदानबाट स्थापित भएको स्पष्ट पारेका छन्। बिहीबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सञ्चारकर्मीहरूका जिज्ञासाको जवाफ दिंदै मन्त्री गुरुङले भने, "नेपालमा गणतन्त्र बुलेट होइन, ब्यालेटमार्फत आएको हो। माओवादी पक्षलाई पनि पटक–पटक...

गभर्नर नियुक्तिमा कानुन उल्लंघन भएको आरोप सांसद शाहीको, पौडेल अयोग्य दाबी

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलको नियुक्ति कानुनविपरीत भएको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक शाहीले गभर्नर नियुक्ति प्रक्रिया र पात्रता दुवै पक्षमा कानुनी व्यवस्था उल्लंघन भएको दाबी गरे। "राष्ट्र बैंक ऐनअनुसार गभर्नर बन्न कुनै पनि...

विद्यालय शिक्षा विधेयक टुङ्ग्याउन गम्भीर छु : शिक्षामन्त्री रघुजी पन्त

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्ग्याउने विषयमा आफू गम्भीर रहेको स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले उपसमितिबाट पेश भएको प्रतिवेदनमाथि निरन्तर छलफल गरेर विधेयकलाई निष्कर्षमा पुर्‍याउने प्रयास भइरहेको बताए। उनले विधेयकभित्रका कतिपय विषयमा...

“लोडसेडिङ भयो” भन्दै विदेशबाट राति फोन आउने गुनासो मन्त्री खड्काको, दुष्प्रचार नगर्न आग्रह

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशमा रहेका केही व्यक्तिहरूले नेपालमा लोडसेडिङ भएको भन्दै बारम्बार फोन गरेर अनावश्यक तनाव दिने गरेको गुनासो गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले राति १२ बजेसम्म पनि "बत्ती गयो" भन्दै फोन आउने गरेको उल्लेख गरे। उनले यस्ता...

कांग्रेसका माननीयहरू देख्दिनँ त, गनर्भर खोज्न जानुभो कि प्रधानमन्त्री?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद् बैठकमा नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति न्यून देखिएपछि कटाक्ष गरेकी छन्। प्रतिनिधिसभाको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल अघि उनले कांग्रेस सांसदहरूको उपस्थिति न्यून भएको भन्दै टिप्पणी गरेकी हुन्। “आज त कांग्रेसका माननीयहरू ७/८ जना मात्र देखिन्छन्।...

देउवासँगको छलफलपछि प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेलगत्तै बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको हो। यसअघि सोमबार साँझका लागि तय गरिएको बैठक प्रधानमन्त्री ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा सरकारका नियमित कार्यहरू, नियुक्ति,...