हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं, — हुम्ला जिल्लामा आइतबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर ३२ मिनेटमा आएको भूकम्पको म्याग्निच्युड ४.१ मापन गरिएको हो।

केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार भूकम्पको केन्द्रविन्दु हुम्लाको श्रीनगर आसपास क्षेत्र रहेको थियो। भूकम्पपछि तत्काल कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

यसअघि जेठ २९ गते संखुवासभा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया