नेपालगन्जमा दोस्रो राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको तयारी तीव्र

नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। प्रतियोगितामा सहभागि हुन सोमबारसम्म एक सयभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन्, आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जनाएको छ। प्रतियोगिता कात्तिक १४ र १५ गते नेपालगन्ज रङ्गशाला स्थित पौडी पोखरीमा आयोजना हुने छ। नेपाल पौडी संघका प्राविधिक प्रतिनिधि विष्णु...

सुनको मूल्यमा गिरावट, एक तोला सुन २ लाख ३७ हजारमा कारोबार

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य २,९०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार २,००० रुपैयाँले घटेको सुन आज थप गिरावट भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, मूल्य घटेसँगै आज एक तोला सुनको मूल्य २ लाख ३७ हजार रुपैयाँमा कायम भएको छ। सोमबार यो मूल्य २ लाख ३९ हजार...

सुविधानगर स्थित ब्वाइज होस्टेलबाट प्रहरीले हतकडी र लौरो फेला पार्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, सुविधानगरस्थित एक ब्वाइज होस्टेलबाट प्रहरीले हतकडी र लौरो बरामद गरेको छ। आइतबार (कात्तिक ९) दिउँसो प्रहरीले ‘सम्पदा ब्वाइज होस्टेल’मा खानतलासी गर्दा ती सामग्री फेला परेका हुन्। प्रहरीका अनुसार ‘जेनजी’ प्रदर्शनका क्रममा हराएका हतियार र पोसाक उक्त होस्टेलमा रहेको भन्ने सूचनाको आधारमा अपरेसन सञ्चालन गरिएको थियो। सोही क्रममा...

ट्रम्पको मध्यस्थतामा थाइल्यान्ड र कम्बोडियाबीच ‘शान्ति सम्झौता’मा हस्ताक्षर

काठमाडौं — थाइल्यान्ड र कम्बोडियाबीच पछिल्लो सैन्य तनाव अन्त्य गर्न आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले संयुक्त रूपमा ‘शान्ति सम्झौता’मा हस्ताक्षर गरेका हुन्। ट्रम्पले यो सम्झौताका लागि मध्यस्थता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। थाइल्यान्ड र...

सुनको मूल्य तोलामा ११ हजार ६ सयले घट्यो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घटेपछि यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (कात्तिक ९ गते) स्थानीय बजारमा सुनको मूल्य तोलामा रु २ लाख ४१ हजार ९०० र चाँदीको मूल्य रु ३ हजार १५ कायम भएको छ। तिहारपछि सुनको मूल्यमा तोलामा रु ११ हजार ६ सय...

पक्राउ प्रयासको दाबी अधिवक्ता स्वागत नेपालबाट, साइबर ब्युरोले भन्यो– कुनै कारबाही चलेको छैन

काठमाडौं, – अधिवक्ता स्वागत नेपालले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफूलाई साइबर ब्युरोले पक्राउ गर्न खोजेको दाबी गरेका छन्। तर, नेपाल प्रहरीको साइबर ब्युरोले उक्त दाबीको खण्डन गर्दै कुनै पनि औपचारिक प्रक्रिया नचलेको स्पष्ट पारेको छ। नेपालले सोमबार लक्ष्मीपूजाको दिन फेसबुकमा भिडियोमार्फत अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा बनेको...

विपीन जोशीको गृहनगरमा शवयात्रा सुरु, महाकाली नदी किनारमा अन्त्येष्टि हुँदै

फाइल तस्बिर । कञ्चनपुर, – इजरायलमा हमासको आक्रमणपछि ज्यान गुमाएका कञ्चनपुरका विपीन जोशीको गृहनगरमा मंगलबार बिहान शवयात्रा सुरु गरिएको छ। शवयात्रा कञ्चनपुरको भीमदत्त नगरपालिका हुँदै सुरु गरिएको हो। अन्तिम श्रद्धाञ्जली दिनका लागि स्थानीयवासीसहित नेपालका लागि इजरायली राजदूत पनि शवयात्रामा सहभागी भएका छन्। विपीनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि महाकाली नदी किनारको भुजेला घाटमा गरिने कार्यक्रम...

तिहारमा माटोले घर लिपौं : खानीखोला गाउँपालिकाको सांस्कृतिक संरक्षण अभियान

काभ्रेपलाञ्चोक । आधुनिक रङरोगनको बढ्दो प्रयोगले हराउँदै गएको मौलिकता जोगाउन काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले यस तिहारमा परम्परागत रूपमा माटोले घर लिपपोत गर्न स्थानीयवासीलाई आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक अपिल जारी गर्दै तिहारका अवसरमा घर तथा आँगनमा कमेरो (सेतो माटो) र रातो माटो प्रयोग गरी लिपपोत गर्न सर्वसाधारण, टोल विकास समिति र विद्यार्थीहरूसमेतलाई...

तिहार नजिकिँदै गर्दा सुनको मूल्य उच्च, कृत्रिम अभाव सुनको

काठमाडौँ । तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ भने बजारमा कृत्रिम अभाव देखिएको छ। तिहारमा सुनको माग बढ्ने भएकाले केही व्यवसायीले अभाव देखाएर मनपरी मूल्य लिइरहेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यका अनुसार, तिहार नजिकिँदै गर्दा सुनको माग अत्यधिक वृद्धि भएको छ। माग उच्च भए पनि...

माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको निधन

झापा — झापाको गौरादह नगरपालिका–९, खजुरबारीमा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा अञ्जु मगरकी ९ वर्षीया छोरी स्वीकृति मगर, ७ वर्षीया सुस्मा मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोशनी परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। तीनै बालिका एकै गाउँकी हुन् र उनीहरू कृष्ण खोलामा...