फोहोर व्यवस्थापनमा अवरोध : काठमाडौं महानगरको आग्रह– “घरभित्रै सुरक्षित रूपमा फोहोर राख्नू

काठमाडौं, — काठमाडौं महानगरपालिकाले फोहोर बिसर्जनमा समस्या देखिएको भन्दै घरबाट फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ। शुक्रबार सूचना जारी गर्दै महानगरले ल्याण्डफिल साइटमा अवरोध हुँदा अस्थायी रूपमा फोहोर संकलन र व्यवस्थापन रोकिएको जनाएको हो। महानगरका अनुसार हाल फोहोर बिसर्जनका लागि बञ्चरेडाँडा पठाइएका ट्रक तीन दिनदेखि ल्याण्डफिल साइटमा प्रवेश गर्न नसकेका छन्।...

जर्मनीका राजदूतको प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट

जर्मनीका राजदूतको प्रधानमन्त्री कार्कीसँग  शिष्टाचार भेट
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदान प्रदान भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीमा कार्की नियुक्त हुनुभएपछि उहाँहरुबीचको यो पहिलो भेट हो । भेटकाक्रममा जर्मनीका...

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने काभ्रे अदालतको आदेश

काठमाडौं – काभ्रे जिल्ला अदालतले खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। बिहीबार भएको थुनछेक बहसपछि मुद्दाको अन्तिम फैसला निर्धारित समयअनुसार हुने गरी न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई धरौटीमा छोड्न आदेश जारी गरेको हो। काभ्रेपलाञ्चोक जिल्ला अदालतका सूचना अधिकारी अक्षयकुमार दनुवारका अनुसार, सुनारले अदालतमा बोलाइएको समयमा उपस्थित...

२६ सय विन्दुमा आयो नेप्से, जलविद्युतमा बढ्यो आकर्षण!

काठमाडौं : बिहीबार सेयर बजार परिसूचक नेप्से २६ सयको विन्दुमा आएर बन्द भएको छ। नेप्से ३४.२२ अंकले बढेर बजार बन्द भएको हो। बिहीबार कारोबार रकम पनि बढेको छ। बुधबार पाँच अर्ब ४५ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको हो। यसदिन तीन सय १९ लगानी उपकरण कारोबारमा आउँदा दुई...

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रस राजीनामा दिए

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन्। रसले पदबाट पछि हटेको भए पनि नेपाली फुटबल संघ (एन्फा)ले अहिलेसम्म यसलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन। गत फागुन १८ गते एन्फाले रसलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। तर उनी ८ महिनामै पद छोडेका...

चुनावले मात्रै हुँदैन, सुशासन र भ्रष्टाचारविरुद्ध कारबाही हाम्रो मुख्य माग हो — जेनजी

काठमाडौँ — आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचन आयोगका प्रतिनिधिसभा निर्वाचनको पृष्ठभूमिमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुशीला कार्कीप्रमुख सरकार, राजनीतिक दल तथा “जनजाति/दलित/समावेशी‑समूह (जेनजी)” समूहका प्रतिनिधिहरूबीच छलफल भइरहेको छ। सो बैठकमा प्रधानमन्त्री कार्कीले मुलुक आफ्नो हो — “हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन” भनेर सबै पक्षमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो। उहाँले एकपटकको कुरा पर्याप्त नभएको भन्दै...

महानगर प्रहरी प्रमुख राजु पाण्डेको रिट उच्च अदालतबाट खारेज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ । न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गरेको हो । ...

सञ्चारमन्त्री खरेलद्वारा दिवंगत पत्रकार सुरेश रजकका परिवारसँग भेट, न्यायका लागि पहल गर्ने प्रतिबद्धता

सञ्चारमन्त्री खरेलद्वारा दिवंगत पत्रकार सुरेश रजकका परिवारसँग भेट, न्यायका लागि पहल गर्ने प्रतिबद्धता
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकका परिवारसँग मन्त्रालयमा भेट गरी पीडित पक्षप्रति सहानुभूति व्यक्त गर्दै न्याय सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।बुधबार मन्त्रालयमा सुरेश रजककी धर्मपत्नी सुजन रजकसहित परिवारका सदस्यहरूसँग संवाद गर्दै मन्त्री खरेलले रजकका लागि चिन्ता व्यक्त गर्नुका साथै, उहाँको धर्मपत्नीलाई रोजगारी प्रदान गर्ने र उच्च...

प्रतिनिधि सभा विघटन र सरकार गठन प्रकरणमा सर्वोच्चको निर्णय : अन्तरिम आदेश जारी नहुने

काठमाडौँ । प्रतिनिधि सभा विघटन र नयाँ सरकार गठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ। बुधबार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै मुद्दाको अन्तिम सुनुवाइका क्रममा नै विषयवस्तुका कानूनी पक्ष विचार गर्नुपर्ने ठहर गर्दै तत्कालका लागि अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। अदालतको आदेशमा भनिएको छ, “अन्तरिम...

गाजामा इजरायली आक्रमण : बालबालिकासहित ६० को मृत्यु

देइर अल–बालाह (गाजा पट्टी), । गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि छन् । स्थानीय अस्पतालका अधिकारीहरूले बुधबार जानकारी दिँदै यो घटनालाई यस महिनाको सुरुदेखि लागू भएको नाजुक युद्धविरामका लागि सबैभन्दा गम्भीर चुनौती भएको बताएका छन् । यो घटनापछि गाजामा...