क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा कलंकीबाट युवक पक्राउ, ७८ लाखभन्दा बढीको लेनदेन

काठमाडौं, – प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्ने युवक २१ वर्षीय सुशान्त दाहाल हुन्, जो हेटौंडा घर भई हाल भक्तपुरको कौशलटारमा बसोबास गर्दै आएका छन्। एसपी कुलदिप चन्दका अनुसार कलंकी क्षेत्रमै क्रिप्टो कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

अफ सिजनमा हरियो धनियाँको भाउ आकाशियो, प्रतिकिलो ५ सय पुगे‍यो

काठमाडौं, – राजधानीको प्रमुख तरकारी बजार कालीमाटीमा हरियो धनियाँको मूल्य एक साताको अवधिमा प्रतिकिलो १ सय रुपैयाँले वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सोमबार धनियाँको थोक मूल्य न्यूनतम ४ सय रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म पुगेको छ। गत सोमबार यो मूल्य ३ सयदेखि ४ सय रुपैयाँको...

कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन झगडामै टुंगियो

काठमाडौं, – संघीय निजामती विधेयकमा भएको ‘चलखेल’ को विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन विवादकै बीचमा अन्तिम रूप दिइएको छ। समितिका सदस्यहरूबीच मतभेद चुलिँदा प्रतिवेदन लेखन नै विवादित बन्दै गएको हो। समितिको अन्तिम बैठकमा विपक्षी दलका सांसदहरूले सभापति रामहरि खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँण, रायमाझीलगायतको मुद्दा आज अदालतमा सुनुवाइ

काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ठहरिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत ३६ जनाको मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा आजको पहिलो पेसीको रूपमा यो मुद्दा राखिएको छ। यस प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने योजनामा संलग्न भएको...

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान गर्दै, भूपरिवेष्ठित राष्ट्रहरूको सम्मेलनमा नेपालको प्रतिनिधित्व

फाइल तस्बिर काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज राति तुर्कमेनिस्तानको लागि प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघअन्तर्गत भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (LLDCs) सम्मेलनमा सहभागी हुन उनी ‘फ्लाई दुबई’मार्फत राति ११:५५ बजे दुबई हुँदै तुर्कमेनिस्तान जाँदैछन्, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीको यो भ्रमण साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको हो। भ्रमण...

सप्तरीमा हवाई फायर गरेर दुई लागुऔषध कारोबारी पक्राउ, १ सय ग्राम हेरोइन बरामद

सप्तरी:  सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज रायलाई प्रहरीले हवाई फायर गर्दै नियन्त्रणमा लिएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी गौतमकुमार केसीका अनुसार, पक्राउ गर्न खोज्दा ती दुवै व्यक्ति भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गर्नु परेको थियो। त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको...

नगरव्यापी समावेशी सरसफाइ कार्यक्रम सञ्चालन गर्न झापामा बहुपक्षीय छलफल

नगरव्यापी समावेशी सरसफाइ कार्यक्रम सञ्चालन गर्न झापामा बहुपक्षीय छलफल
मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसँग कार्यकक्षमै भेट गरी नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (Scaling of Citywide Inclusive Sanitation Service System) कार्यक्रमबारे विस्तृत छलफल । झापा : झापाको मेचीनगर नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (Scaling of Citywide Inclusive Sanitation Service System) कार्यक्रम कार्यान्वयन गर्न संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रदेश सभाबाट विश्वासको मत पाए

धनगढी, — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। हाल ५२ सदस्य रहेको प्रदेश सभामध्ये ३० सांसदले मुख्यमन्त्री शाहको पक्षमा मत दिएका हुन्। विश्वासको मतका लागि न्यूनतम २७ मत आवश्यक थियो। मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदले समर्थन गरेका...

लागुऔषधविरुद्ध सबैको साझा प्रयास आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ।गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुऔषध मुक्त बनाउने उद्देश्यसहित थप प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। शुक्रबार कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, सञ्चय र दुरुपयोग देशका लागि गम्भीर चुनौती बनेको बताए। उनले भने, "लागुऔषधको दुरुपयोगले सडक दुर्घटना, आत्महत्याजस्ता घटनासँगै साइबर अपराधसमेत बढाएको देखिन्छ। त्यसैले हामीले...

अमेरिकी डलरको भाउ फेरि बढ्यो, आजको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा रहेको छ । हिजोको तुलनामा डलरको मूल्य अझै बढेको छ । युरोपियन युरोको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३...