बजारमा सुनको मूल्य फेरि उकालो, प्रतितोला २ लाख ५२ हजार २ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उच्चदरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ। सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। ...

४.४ रेक्टरस्केलको भूकम्प बझङमा

बाजुरा । आज दिउँसो १२ बजेर ९ मिनेटको समयमा बझाङको सैपाल आसपास केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ। सैपाल हिमाल क्षेत्र केन्द्रविन्दु रहेको कम्पन बाजुरासहित आसपासका पश्चिमी क्षेत्रमा पनि महसुस भएको थियो। पछिल्ला दिनहरूमा निरन्तर भूकम्पीय गतिविधि बढिरहेको देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्।...

मदन भण्डारी राजमार्गमा दुःखद दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

सिन्धुली । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–२ गागन क्षेत्रमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। पोखराबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ७४६२ नम्बरको बस र डकाहाबाट झुँगा तर्फ गइरहेको ज ८ प ८१६४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा...

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनए एकता घोषणा, दुबै पक्ष सहमत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः एकतामा फर्किएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार (मंसिर १४) संघको एकता औपचारिक रूपमा घोषणा गरिएको हो। सम्भावित विभाजनको अवस्था बनेको संघमा अध्यक्ष डा. बद्री केसी र अध्यक्ष महेश श्रेष्ठले सहमतिको दस्तावेजमा हस्ताक्षर गर्दै एकताका लागि औपचारिक सहमति जनाएका छन्। सदस्यता सम्बन्धी विवाद १०औँ...

जापानमा अक्टोबर २०२५ को बेरोजगारी दर २.६ प्रतिशत

अक्टोबर महिनाको बेरोजगारी दर जापानमा लगातार तेस्रो महिना २.६ प्रतिशतमै स्थिर रहेको छ। यद्यपि, बेरोजगारहरूको कुल संख्या भने क्रमशः बढ्दो अवस्थामा रहेको देखिन्छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रोजगारमा रहेका व्यक्तिहरूको संख्या ६८ लाख ४६ हजार पुगेको छ, जुन अघिल्लो महिनाको तुलनामा सामान्य वृद्धि हो। त्यस्तै, बेरोजगारहरूको...

सोमबारभित्र सरकार र जेनजीबीच हुने सम्झौताको मस्यौदा टुंगो लगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका अगुवाहरूसँग भेटवार्ता भएको छ। सरकार र जेनजी अगुवाहरूबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रुप दिने विषयमा उनीहरूबीच छलफल भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुंगो लगाउन आग्रह गरेका थिए। सरकारका अधिकारीहरूले जेनजीका तर्फबाट प्राप्त दस्तावेज अध्ययन...

एनपीएलमा अनलाइन सट्टेबाजी संलग्न आठ भारतीय नागरिक पक्राउ

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रममा अनलाइन सट्टेबाजीमा संलग्न आठ भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ कि उनीहरू बेटाकुलर डट लाइभ नामक अनलाइन प्लेटफर्ममार्फत खेलसँग सम्बन्धित आर्थिक कारोबारमा संलग्न रहेको आशंका गरिएको थियो। पक्राउ पर्नेहरूको नाममा राजा यदुला, महेश बाबु, पण्डित...

चिसो बढ्दै जाँदा बालबालिका र ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सावधानी अनिवार्य

काठमाडौँ — जाडोयाम प्रवेशसँगै चिसो र सुख्खा हावाले स्वास्थ्य जोखिम बढाएको छ। चिकित्सकहरूले बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष संवेदनशील समूहमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषज्ञहरूले भनेका छन्, बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता अझै पूर्ण रूपमा विकसित नभएकाले उनीहरू जाडोमा भाइरल संक्रमण र श्वासप्रश्वाससम्बन्धी समस्यामा छिटो प्रभावित हुन सक्छन्। त्यस्तै, ज्येष्ठ...

प्रधानमन्त्री कार्कीसँग सर्वोच्चले माग्यो अवहेलनामा कारबाही गर्नु नपर्ने कारणसहितको लिखित जावाफ

काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग अवहेलना मुद्दामा कारबाही हुनु नपर्ने कारणसहित लिखित जवाफ मागेको छ । राजदूत फिर्तामा सर्वोच्चको अन्तरिम आदेश उल्लंघन गरेर प्रधानमन्त्री कार्कीले अदालतको आदेश उल्लंघन गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलना मुद्दा दायर गरेका थिए । आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हप्रिसाद फुयाल र अब्दुल...

सिमरा अपडेट:जेनजी प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास र दुई राउन्ड हवाई फायर प्रहार

बाराको सिमरामा कर्फ्यु उल्लंघन गर्दै सडकमा निस्किएका जेनजी प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास र दुई राउन्ड हवाई फायर प्रहार गरेको छ। प्रदर्शन नियन्त्रणका क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना प्रहरी घाइते भएका छन्। बारा प्रहरीले बुधबार जेनजी युवामाथि आक्रमण गर्ने प्रयास गरेको आरोपमा दुई...