अमेरिकी डलरको भाउ फेरि बढ्यो, आजको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा रहेको छ । हिजोको तुलनामा डलरको मूल्य अझै बढेको छ ।

युरोपियन युरोको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा तोकिएको छ भने यूके पाउन्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै, स्विस फ्रयांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन लगायतका मुद्राको पनि विनिमयदर राष्ट्र बैंकले निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आवश्यक परे विनिमयदरमा संशोधन गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया