सिटीको खराब लय कायमै, टोटनहमविरुद्ध फराकिलो हार

काठमाडौं । पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो हार व्यहोरेको छ । सिटीले शनिबार राति भएको खेलमा घरेलु मैदान इत्तिहाद रंगशालामै टोटनहमविरुद्ध ४–० को फराकिलो हार व्यहोरेको हो ।  टोटनहमको जितमा जेम्स म्याडिसनले दुई गोल गरे । पेड्रो पोरो र ब्रनान जोन्सनले समान एक गोल थपे ।...

कोप–२९: धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति

न्युयोर्क । दुई साता लामो वार्तापछि अन्तिम सम्झौतामा विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशहरूलाई आफ्नो अर्थतन्त्रलाई हरित बनाउन र अझ खराब विपत्तिको सामनाका निम्ति सहयोग गर्न प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यो रकम धनी देशहरूले समयावधि समाप्त हुने प्रतिबद्धताअन्तर्गत उपलब्ध गराएको १०० अर्ब...

क्यानडाबाट फर्किएको भोलिपल्ट दम्पती फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित होटेल जन्मभूमिको कोठामा मृत फेला परेका सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी शनिबार मात्र क्यानडाबाट नेपाल फर्किएको खुलेको छ । प्रहरीले फेला पारेको उनीहरूका पासपोर्ट अनुसार, सन् २०२२ मा माझी दम्पती क्यानडा उडेको खुलेको छ । त्यसको दुई वर्षपछि पहिलोपटक...

जाजरकोट भुकम्प: १ बर्ष बढि भयो पुननिर्माण खोइ??? कर्णाली प्रदेश सरकार भूमिका खोज्दै!!!

कर्णली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल राहत वितरणमा देखिएको असक्षमतालाई चिन्ता व्यक्त गर्नु भएको छ । इमेज च्यानलबाट प्रशारण भएको कार्यक्रम टक अफ दि टाउनमा बोल्दै उहाँले भन्नु भयो "स्थानीय सरकार र जिल्ला प्रशासनले दिइएको ५०,००० रकम पनि उचित ढंगले वितरण गर्न नसक्नु लज्जाको बिषय भएको बतउनु भएको छ । वहाले...

अस्ट्रेलियाविरूद्ध भारतको खराब ब्याटिङ, सात ब्याटरले बनाउन सकेनन् दोहोरो अंकमा रन

‍घरेलु टोली अस्ट्रेलिया र भारतबीच पाँचको खेलको टेस्ट सिरिज शुक्रबारदेखि पर्थमा सुरू भएको छ। पहिलो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्ग्समा पहिलो दिनको टी ब्रेकअघि १५० रनमै अलआउट भएको छ। ओपनर यशस्वी जैसवाल शून्यमा आउट भएका थिए। उनले आठ बल मात्र खेले। अर्का ओपनर केएल राहुलले २६ रन मात्र...

रेटिङपछि नेपाललाई विदेशी लगानी र ऋण ल्याउन सहज: विष्णु पौडेल

काठमाडौँ — सार्वभौम रेटिङपछि नेपाललाई प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र विदेशबाट ऋण ल्याउन सहज भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । सार्वभौम रेटिङको नतिजाबारे पूर्ण जानकारी दिन शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले अब नेपाललाई विदेशीबाट धेरै भन्दा धेरै पुँजी भित्र्याउन बाटो खुलेको बताए । ‘नेपालले सार्वभौम क्रेडिट रेटिङमा...

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ — देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेश, वाग्मती प्रदेश...

एनपीएल : सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ ।  यही मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी समझदारीपत्र आदान–प्रदान भयो ।  नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरका...

पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात...

चौथो खेलमा कर्नाटक यू-१९ ले नेपाललाई हराएसँगै सिरिज बराबरीको अवस्थामा

एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीविरूद्ध भारतको कर्नाटक यू-१९ टोलीले चौथो खेलमा जित निकालेको छ। पाँचको खेलको सिरिजको चौथो खेलमा कर्नाटक ५ विकेटले विजयी भएसँगै सिरिज २-२ को बराबरीको अवस्थामा पुगेको छ।  यसअघि आइतबार मुलपानीमा भएको तेस्रो खेलमा नेपाली टोलीले १ सय २१ रनको जित निकालेसँगै सिरिजमा २-१ को...