इजरायल र हिजबुल्लाहबीच युद्धविराम 

काठमाडौँ — अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि इजरायल र इरान-समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि  लागू भएको छ । यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्छ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो। बाइडेनले मंगलबार...

नेपालमा हिमपातको सम्भावना: कुन कुन ठाउमा होला त ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ। मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा...

आगलागीका घटनामा वृद्धि हिउँद लागेसँगै

काठमाडौं । हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि भएका छन् । कतिपय स्थानमा असावधानीका कारण आगलागी हुँदा जनधनको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणमा उल्लेख छ । प्राधिकरणले उपलब्ध गराएको मंसिर १ देखि १० गतेसम्मको विवरणमा सबैभन्दा बढी आगलागीका घटना भएको देखिएको हो ।  प्राधिकरणका अनुसार मंसिर १ गते...

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले दियो अफगानिस्तानलाई २२९ रनको लक्ष्य

दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपालले अफगानिस्तानसामु जीतका लागि २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सोमबार टस हारेपछि पहिले ब्याटिङ गर्न पुगेको हो । नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले ।  बडैलाले ५१ बलमा अविजित...

बीआरआई अन्तर्गत ऋण लिनै नहुने कांग्रेसको अडान आपत्तिजनक छ :  झलनाथ खनाल

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ कांग्रेसको अडानप्रति आपत्ति जनाउनुभएको छ । सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको...

सुनको भाउ एकैदिन तोलामा १५ हजार ९ सय रूपैयाँले घट्यो

सुनको भाउ एकैदिन तोलामा १५ हजार ९ सय रूपैयाँले घट्यो
काठमाडौँ — सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार सुनको भाउ तोलामै १५ हजार रुपैयाँभन्दा बढीले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार भने नेपाली बजारमा...

प्रधानमन्त्री केपी शर्मा ओली: चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता नहुने ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पस्ट पार्नु भएको छ । आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने...

एमाले द्वारा काठमाडौं महानगरको जरिवाना पत्र अस्वीकार

काठमाडौँ — काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र एमालेले बुझ्न अस्वीकार गरेको छ । महानगरपालिकाले एमालेलाई फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबारेको पत्र बुझाउन महानगर प्रहरी बलको टोली आइतबार दिउँसो एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । महानगर प्रहरी...

राजीनामा दिए प्रतिनिधिसभाका सचिव अधिकारीले

काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई आइतबार उनले राजीनामापत्र बुझाएका हुन् । राजीनामापत्र प्राप्त भइसके पनि स्वीकृत हुन बाँकी रहेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । गएको असार १८ गते अधिकारी सचिवमा नियुक्त भएका थिए । नियुक्तिको पाँच महिनामा नै उनले पदबाट राजीनामा दिएका...

१७ सय रुपैयाँ बढ्यो सुनमा

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आइतबार छापावाल सुन तोलामा एक हजार ७०० रुपैयाँ बढेर एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको...