रोल्पामा पुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौँ । रोल्पामा झोलुंगेपुल निर्माणका क्रममा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ स्थित गाम भन्ने स्थानमा झोलुङ्गे पुल निर्माणकै क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको सोही गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले बताइन् ।  उनका अनुसार घटनामा दुई जना...

ब्लाइण्ड विश्वकप क्रिकेटमा नेपालको यात्रा सेमिफाइनलसम्म

पहिलो पटक ब्लाइण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको नेपाल फाइनल भने पुग्न सकेन। घरेलु टोली पाकिस्तानसँग आइतबार १० विकेटले पराजित भएसँगै फाइनल पुग्ने नेपालको सपना पूरा भएन। पहिले ब्याटिङ गरेको नेपालले ९४ रन मात्र बनायो। नेपालका लागि दुर्गादत्त पौडेलले ४० रन बनाए पनि अरु ब्याटर सस्तैमा आउट भए। ९५ रनको लक्ष्य पाकिस्तानले...

नोभेम्बरमा नेपालमा एक लाख १४ हजार पर्यटक भित्रिए

नेपालमा सन् २०२४ को नोभेम्बर महिनामा एक लाख १४ हजार पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डको तथ्यांकअुसार गत महिनाभरीमा एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका हुन्। अघिल्लो महिना अक्टोबरमा एक लाख २४ हजार पर्यटक भित्रिएका थिए। पर्यटकीय सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ। तर यसपालिको सिजनमा...

जलवायुप्रतिरोधी आलु उत्पादन गर्दै चीन

काठमाडौं । चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गर्न सुरु गरेको छ । चिनियाँ वैज्ञानिक जलवायुप्रतिरोधी आलु बनाउने अभ्यासमा सफल भएका हुन् । चीनको राजधानी बेइजिङको उत्तरपश्चिमी क्षेत्रस्थित अन्तर्राष्ट्रिय आलु केन्द्रमा चीनले जलवायुप्रतिरोधी आलु उत्पादन गरेको छ । उक्त केन्द्रका वैज्ञानिक ली जिपिङको टोलीले आलु फल्ने सामान्य तापक्रमभन्दा तीन डिग्री सेल्सियस उच्च तापक्रममा...

परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्दुस्थित महावाणिज्यदूतावासमा

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रबार चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन्। त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ...

सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैन : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताएका छन् । शुक्रबार काठमाडौंमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भनेको भएपनि व्यवहारतः लागू हुन नसकेको जिकिर गरे ।...

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय...

रियल मड्रिडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा

लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत एन्फिल्डमा बिहीबार बिहान सकिएको खेलमा इंग्लिस टोली लिभरपुलले स्पेनिस टोली रियल मड्रिडमाथि २-० गोलको जित निकालेको हो। लिभरपुलको जितमा अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल पहिलो हाफपछि भएको थियो। ५२ मिनेटमा अलिस्टरले गोल गर्दै टिमलाई सुरूवाती अग्रता दिलाएका थिए। ७६ मिनेटमा गाक्पोले गरेको...

स्थानीय तह उपनिर्वाचन: आज राति १२ बजेदेखि मौन अवधि

स्थानीय तह उपनिर्वाचनअन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ। मतदानभन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरू हुन्छ। यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन्। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको...

म्यानचेस्टर सिटीले गुमायो ३ गोलको अग्रता

काठमाडौँ — म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति फायनउडसँग तीन गोलको अग्रता गुमाउँदै निराशाजनक बराबरीमा चित्त बुझाएको छ । इर्लिङ हालान्डको दुई गोलमा सिटी ५० औं मिनेटसम्म खेलमा ३–० ले अगाडि थियो । त्यसपछि फायनउडले तीन गोल फर्काएको हो । डाभिड हान्कोले ८९ औं मिनेटमा फायनउडका लागि तेस्रो बराबरी गोल फर्काए । इन्टर मिलान...