प्रधानमन्त्रीलाई पाँच दिन पर्खियौँ, खिसिट्युरी गर्नुभयो, हामीलाई समय दिनुभएन : रास्वपा 

काठमाडौं । रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीले समय उपलब्ध नगराएपछि आफूहरुले दोस्रो चरणको आन्दोलन पनि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपरेको जनाएको छ । रास्वपाले पत्रकार सम्मेलन गर्दै मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन घोषणा गरेको जनाएको छ । सो पार्टीका कार्यवाहक महामन्त्री मनिष झाले पत्रकार सम्मेलनमा भने, “प्रधानमन्त्रीले कुनै कार्यक्रममा गएर ज्ञापनपत्र...

मन्त्री पाण्डेको चेतावनी :मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिनुभयो । गत...

इलन मस्कलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले विश्वकै धनाढ्य इलन मस्कलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग सिर्जना गरेका छन्। मंगलबार एक सन्देश जारी गर्दै ट्रम्पले मस्क र विवेक रामास्वामीलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग सिर्जना गरिएको जानकारी दिएका छन्। नयाँ सिर्जना गरिने विभागको नाम 'डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी' भनिएको छ। 'यी दुई अद्भुत...

सुदूरपश्चिम रोयल्सको जर्सी र एन्थम सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सको जर्सी र एन्थम सार्वजनिक गरिएको छ।  काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा टोलीको जर्सी र एन्थम सार्वजनिक गरिएको हो।  टोलीका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, मालिक स्वतन्त्रप्रताप शाह र ब्रान्ड एम्बासडर दीपक विष्टले जर्सी सार्वजनिक गरेका हुन्।  ड्रोनमार्फत टोलीको जर्सी कार्यक्रम हलमा पुर्‍याइएको थियो। ड्रोनले मार्की खेलाडी दीपेन्द्रको नाम...

एमालेका ८ महासंघका अध्यक्ष र इन्चार्जहरूले ओलीसँग गरे छलफल

नेकपा (एमाले) का ८ महासंघीय ढाँचामा रहेका ८ जनसंगठनका नेताहरूले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग म‌ंगलबार बालुवाटारमा छलफल गरेका छन्। पार्टीका महासंघीय ढाँचामा रहेका जनसंगठन र उनीहरू मातहत रहेका घटक संगठनहरूबीच संगठन सञ्चालन, सदस्यता वितरण लगायतमा दोहोरोपना देखिएको भन्दै आवाज उठेको थियो। त्यसलाई प्रष्ट पार्न पार्टी अध्यक्ष ओलीसँग छलफल गरिएको...

जापानको प्रधानमन्त्रीमा इसिबा पुन: निर्वाचित

टोकियो — जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्‌मा बहुमत प्राप्त गरेका छन् । संसद्‌मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गरेका हुन् ।   प्रधानमन्त्रीको मतदानका लागि बाटो खोल्न इसिबाले सोमबारको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्‌मा...

गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

२८ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त घटनालाई लिएर...

७७ करोड ५५ लाख लुम्बिनी विकास कोषको बजेट पारित

लुम्बिनी — लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको बजेट पारित गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त बजेट स्वीकृत गरेको हो। कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्तुत गरेको बजेटमा आन्तरिकतर्फ ३२ करोड ५५ लाख...

वाग्मती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्‍याइयो

वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । बिनाविभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय विभाजन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गरेको हो । अब सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मती प्रदेशमा नयाँ बनेको छ । यस...

जाजरकोटमा माइक्रोबस दुर्घटना, २५ जना घाइते

२६ कार्तिक, सुर्खेत। जाजरकोटमा माइक्रो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सोमबार बिहान १२ बजेतिर जिल्लाको भेरी नगरपालिका–१३, स्थित कुदु नजिक फोर्स गाडी दुर्घटनामा परेको हो । जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको उक्त माइक्रोबस कुदु नजिक दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी...