प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार आयोजित स्वागत गरेका छन्। प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरूलाई परिचय गराएका थिए।...

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाडौँ — आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ ।...

तान्भिरको सानदार बलिङमा चितवनको जित

काठमाडौँ — सोहेल तान्भिरले ५ विकेटको मद्धतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । चितवनले सोमबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्‍यो । तान्भिरको धारिलो बलिङपछि १ सय १२ रनको सामन्य लक्ष्य चितवनले १७. ओभरमा १ सय १४ रन बनाउदै पुरा गर्‍यो । सन्तोष कार्की र शरद भेषावकरले छैटौं...

 लालीगुराँस तारजाली सोलुसन कारखानामा आगोलागी

काभ्रे — काभ्रेको बनेपा नगरपालिका-६ मा रहेको लालीगुराँस तारजाली सोलुसन कारखानामा आगोलागी भएको छ । सोमबार बिहान करिब ११ :३० बजे ग्यास लिकेज भएर कारखानामा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।  उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको...

प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि ओली चीन गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरे । यसैगरी संस्कृति, पर्यटन...

यू–१९ एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल

संयुक्त अरब इमरेट्स (यूएई)मा जारी १९ वर्षमुनिको (यू–१९) एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ ।          यूएईको दुबई क्रिकेट मैदानमा बंगलादेशले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ भने नेपालले ब्याटिङ गरिरहेको छ ।  एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । आज...

नवनियुक्त ४ राजदूतले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त ४ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ लिनेहरूमा लोकदर्शन रेग्मी- अमेरिका, डा. शैल रूपाखेती- जर्मनी, डा. नरेशविक्रम ढकाल- साउदी अरेबिया र चित्रलेखा यादव- अष्ट्रेलिया हरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।  शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च...

१०२ वर्षीय लामिछानेले गरे उपनिर्वाचनमा मतदान

मनहरी (मकवानपुर) — स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गरेका छन् । आज वडाध्यक्ष पदका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति छ । निर्वाचन...

जिसस कैलाली प्रमुखमा निर्वाचित भुलले लिइन् शपथ

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएकी कांग्रेसकी टीकाकुमारी चौधरी भुलले शपथ लिएकी छिन् । प्रमुख निर्वाचन अधिकृत समेत रहेका कैलाली जिल्ला अदालतका न्यायाधीश डण्डापाणी लामिछानेले जिसस प्रमुख भुललाई आज शपथ ग्रहण गराएका हुन् । आजै निर्वाचित भएको प्रमाणपत्र पाएकी उनले पदभार समेत ग्रहण गरेकी छन् ।  नागरिक...

प्रतितोला चार सय रूपैयाँले घट्यो सुनको भाउ

Warm look of Indian Bridal Jewellery नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको...