विदेशमा रहेका नेपालीले दूतावासबाटै सवारी लाइसेन्स प्रमाणीकरण गर्न पाउने

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकले अब आफू बसेको मुलुकमा रहेको नेपाली दूतावास वा सम्बन्धित नेपाली नियोगमार्फत नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रमाणीकरण गराउन सक्ने भएका छन्।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपालीलाई यस्तो सेवा सम्बन्धित नेपाली नियोगबाट उपलब्ध हुने जानकारी दिएको हो।

विभागका अनुसार नेपाल सरकारबाट जारी भएका सवारी चालक अनुमतिपत्रको प्रमाणीकरणका लागि अब स्वदेशमै आउनुपर्ने अवस्थालाई सहज बनाउँदै विदेशस्थित नेपाली नियोगमार्फत सेवा लिन सकिने व्यवस्था गरिएको छ।

यो सुविधाले विदेशमा रहेका नेपालीलाई आफ्नो सवारी चालक अनुमतिपत्रसम्बन्धी आवश्यक कागजात प्रमाणीकरण गराउने प्रक्रियामा सहजता पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया