भारतीय लोकसभा चुनाव :प्रारम्भिक मत परिणाममा भाजपाको लिड

मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनतापार्टी (भाजपा)को गठबन्धनले अग्रता लिएको छ।

नेपाली समय अनुसार बिहान काे दस बजेसम्म भाजपा ३१२ स्थानमा अगाडि देखिएकाे छ । विपक्षी गठबन्धन यूपीए एनडीएभन्दा निकै पछि देखिएकाे छ ।आजतका अनुसार यूपीएले अहिलेसम्म ११२ मा मात्रै लिड गरेकाे छ । अन्य दलले ८४ स्थानमा अग्रता बनाएका छन् । कुल ५४३ सिटका लागि  चैत २३ देखि सुरु भएको निर्वाचन गत आइतबार सम्पन्न भएको थियो । बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

तपाईको प्रतिक्रिया