एमएम कप एक दिवसीय क्रिकेट : एपीएफको बागमतीमाथि सहज जित

सुनसरी — सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले तेस्रो मनमोहन मेमोरियल (एमएम) एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी यात्रा सुरु गरेको हो। गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, विराटनगर बैजनाथपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमती...

घरेलु टोली बाँके ११ लाई पराजित गर्दै रौतहट सेमिफाइनलमा

नेपालगन्ज । रौतहट जिल्ला फुटबल संघले नेपालगन्जमा जारी लुम्बिनी कप आमन्त्रण महिला फुटबल प्रतियोगितामा सेमिफाइनल यात्रा तय गरेको छ। आइतबार भएको खेलमा रौतहटले घरेलु टोली बाँके ११ लाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो। रौतहटका लागि जेनिफर राना मगर, समीक्षा राई र भारतीय खेलाडी पियुलीले गोल...

श्रेयस र इशानको पुनरागमन

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले २०२४–२५ सिजनका लागि भारतीय पुरुष क्रिकेट टोलीको केन्द्रीय सम्झौता सूची सार्वजनिक गरेको छ। सोमबार घोषणा गरिएको नयाँ सम्झौतामा श्रेयस अय्यर र इशान किशनको पुनरागमन भएको छ। यसपटक ग्रेड ‘ए प्लस’ श्रेणीमा चार खेलाडीलाई समावेश गरिएको छ — कप्तान रोहित शर्मा, विराट कोहली, जसप्रीत बुमराह...

२ रनको थ्रिलिङ जितसहित लखनउ चौथो स्थानमा, राजस्थान संकटमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जयपुरमा भएको खेलमा लखनउ सुपर जायन्ट्सले घरेलु टोली राजस्थान रोयल्समाथि २ रनको रोमाञ्चक जित हात पारेको छ। सवाई मानसिंह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याउने क्रममा राजस्थान २० ओभरमा ५ विकेट...

यु–१९ विश्वकप छनोट : नेपाल–अफगानिस्तानबीचको खेलको टिकट मूल्य दुई सय रुपैयाँ

काठमाडौं — आगामी शनिबार हुने नेपाल र अफगानिस्तानबीचको यु–१९ विश्वकप एसिया छनोटको अन्तिम खेलका लागि टिकट मूल्य दुई सय रुपैयाँ तोकिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले फाइनलसरहको यस महत्वपूर्ण खेलका लागि टिकट मूल्य दुई सय रुपैयाँ निर्धारण गरेको हो। टिकट IME Pay मार्फत किन्न सकिने व्यवस्था गरिएको छ। प्रतियोगितामा नेपाल र अफगानिस्तान...

राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता हुने

राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता हुने
काठमाडौं । वैशाख ५ गतेदेखि आठौं राष्ट्रिय महिला तथा पुरुष स्केटबोर्ड प्रतियोगिता हुने भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा टोखाको स्केटर्स नेपाल स्केटपार्कमा दुई दिने प्रतियोगिता हुन लागेको हो। नेपालमा सन् २०७० सालमा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएदेखि निरन्तर विभिन्न प्रतियोगिताहरु हुँदै आएका...

अत्तरिया सेमिफाइनलमा प्रवेश, होराइजनको धमाकेदार जित

पोखरा, कास्की — पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय खुला टी–२० क्रिकेट प्रतियोगितामा अत्तरिया क्रिकेट एकेडेमीले मालपोखरी क्रिकेट क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। समूह ‘डी’ अन्तर्गत बुधबार भएको खेलमा अत्तरियाले मालपोखरीलाई ६ विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको मालपोखरी क्रिकेट क्लबले १७.४ ओभरमा...

यूईएफए च्याम्पियन्स लिग: पीएसजी सेमिफाइनलमा प्रवेश

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ। इंग्लिस क्लब एस्टन भिल्लासँगको दुई लेगको समग्र नतिजामा ५–४ को जित निकाल्दै पीएसजीले सेमिफाइनल यात्रा तय गरेको हो। मंगलबार राति भिल्ला पार्कमा भएको दोस्रो लेगमा एस्टन भिल्लाले ३–२ को रोमाञ्चक जित हासिल गरे पनि समग्रमा...

चहलको सशक्त बलिङमा पञ्जाब किङ्सको १६ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार सम्पन्न खेलमा पञ्जाब किङ्सले उत्कृष्ट प्रदर्शन गर्दै कोलकाता नाइट राइडर्सलाई १६ रनले पराजित गरेको छ। मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाबले १५.३ ओभरमा १११ रन बनाएको थियो। ११२ रनको लक्ष्य पछ्याएको कोलकाता १५.१ ओभरमा ९५ रनमै...

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा रियाल भालाडोलिडलाई ४–२ ले पराजित गर्दै पुनरागमन जित

काठमाडौं — अर्जेन्टिनी खेलाडी जुलियन आल्भारेजको प्रेरणादायी प्रदर्शनमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा रियाल भालाडोलिडलाई ४–२ ले पराजित गर्दै पुनरागमन जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा आल्भारेजले दुई गोल गर्दै टिमको जितमा महत्त्वपूर्ण भूमिका खेले। एट्लेटिकोलाई जित दिलाउन जिउलिआनो सिमोन र एलेक्जान्डर सार्लाेथले पनि एक–एक गोल गरे। खेलको २१औँ...