निर्वाचन नजिकिँदै, रास्वपाले पूर्व–उमेदवारहरूको सुझाव संकलन गर्दै

फाइल तस्बिर । काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन तयारीका लागि आफ्ना अघिल्ला उमेदवारहरूसँग आजविशेष छलफल गर्ने भएको छ। रास्वपाका प्रवक्ता मनिष झालेका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा दिउँसो १ बजेदेखि हुँदै छ। रास्वपाका प्रवक्ता अनुसार पछिल्लो निर्वाचनमा सहभागी भएका उमेदवारहरूको सुझाव र मूल्याङ्कन एकै स्थानमा संकलन...

सहकार्य र एकताको संस्कृति विकास गर्न मधेस प्रदेश प्रमुख कर्णको आह्वान

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशमा एकता र सहकार्यको संस्कृतिलाई मजबुत बनाउन राजनीतिक दलदेखि नागरिकसम्म सबैसँग आग्रह गरेका छन्। उनले कात्तिक २८ गते विज्ञप्ति जारी गर्दै प्रदेशलाई स्थिरता र सकारात्मक दिशातर्फ लैजान सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे। हाल मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद अदालतमा...

कांग्रेसमा मंसिरमै महाधिवेशन प्रक्रिया सुरू गर्न २४ केन्द्रीय सदस्यको आग्रह

फाइल तस्वीर काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर जबरा सहित २४ जना केन्द्रीय सदस्यले आगामी प्रतिनिधि सभा निर्वाचनलाई प्रभावकारी बनाउने उद्देश्यले पार्टीको महाधिवेशन प्रक्रिया मंसिर महिनाभित्रै शुरू गर्न नेतृत्वलाई आग्रह गरेका छन्। शुक्रबार उनीहरूले पार्टी केन्द्रीय कार्यालय पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका हुन्। जबराका अनुसार १५औं महाधिवेशन अघि...

एकतिहाइ महिला पुर्‍याउन केन्द्रीय समितिमा १३ जना थपिएको हो:प्रचण्ड सचिवालय

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड सचिवालयले निर्वाचन आयोगमा दल दर्ताका क्रममा बुझाइएका विवरणबारे केही भ्रम फैलिएको भन्दै स्पष्टीकरण दिएको छ। सचिवालयका अनुसार, आयोगमा बुझाइएको सूचीका कारण उत्पन्न भएको भ्रम अनावश्यक भएको हो। सचिवालयले स्पष्ट पार्दै भन्यो, “नेपाली कम्युनिस्ट पार्टी निर्माणको लागि सुरु भएको वाम एकता प्रक्रियाबारे केही गलत बुझाइ...

जेन–जी आन्दोलनका क्षति मूल्याङ्कन गर्न प्रधानमन्त्री कार्कीको कडा निर्देशन

जेन–जी आन्दोलनका क्षति मूल्याङ्कन गर्न प्रधानमन्त्री कार्कीको कडा निर्देशन
काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको एकीकृत विवरण तयार पार्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायहरूले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रमहरूको पहिलो त्रैमासिक समीक्षाको क्रममा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा सार्वजनिक...

कम्युनिस्ट एकता अझ सुदृढ बनाउनु जरुरी:माधव नेपाल

कम्युनिस्ट एकता अझ सुदृढ बनाउनु जरुरी:माधव नेपाल
फाइल तस्वीर काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टी एकता गर्नु सजिलो भए पनि त्यसलाई स्थायी रूपमा बलियो बनाउनु निकै चुनौतीपूर्ण हुने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता भीम रावल, प्रकाश शाह लगायत नयाँ पार्टीमा प्रवेश गरेका नेताहरूको उपस्थितिमा बोल्दै नेपालले २०७५ जेठ ३ गते दुई कम्युनिस्ट पार्टी...

सुकुम्बासीलाई दु:ख दिने होइन, स्थायी बसोबासको व्यवस्था गर्नुहोस् बालेन जी :दुर्गा प्रसाईँ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगर प्रमुख बालेन शाहलाई सुकुम्बासीका लागि स्थायी बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन्। आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईँले सुकुम्बासीहरूलाई पटक–पटक उठाउने नाममा दुःख दिनुभन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका हुन्। उनले सुकुम्बासी बस्ती खाली गराउन महानगरले बल प्रयोग...

रास्वपाको केन्द्रीय समिति बैठक सौराहामा प्रारम्भ, निर्वाचन तयारीमुख्य एजेन्डा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा शुक्रबार बिहानदेखि सुरु भएको छ। बैठकमा करिब ५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने रास्वपाले जानकारी दिएको छ। बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि तयार पारिएको वाचापत्रको प्रारम्भिक मस्यौदा...

१२ बजेबाट संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी

काठमाडौं । संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बसिरहेको छ। सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको हलमा साढे १२ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना लगायत प्रदेश सभाका पदाधिकारीहरू सहभागी छन्। बैठकमा संघीय–प्रदेश सम्बन्ध, व्यवस्थापन तथा संसद सञ्चालनसम्बन्धी विविध विषयमा छलफल भइरहेको छ। ...

प्रचण्ड र खनालबीच भेटवार्ता, राजनीतिक समन्वयबारे छलफल

प्रचण्ड र खनालबीच भेटवार्ता, राजनीतिक समन्वयबारे छलफल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ। हात्तीवनस्थित प्रचण्डको निवासमा शुक्रबार भएको भेटमा दुबै नेताबीच मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्य तथा वामपन्थी एकताका सम्भावनाबारे छलफल भएको बताइएको छ। दलभित्रको राजनीतिक समन्वय र आगामी रणनीतिलगायत विषयमा पनि कुराकानी...