रास्वपाको केन्द्रीय समिति बैठक सौराहामा प्रारम्भ, निर्वाचन तयारीमुख्य एजेन्डा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा शुक्रबार बिहानदेखि सुरु भएको छ। बैठकमा करिब ५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने रास्वपाले जानकारी दिएको छ।

बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि तयार पारिएको वाचापत्रको प्रारम्भिक मस्यौदा पेस गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, प्रदेश सभापतिहरूले आफ्ना–आफ्ना प्रदेशअन्तर्गतका जिल्लाहरूमा पार्टी संगठनको वर्तमान अवस्थाबारे विस्तृत विवरण प्रस्तुत गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया