धरौटीमा रिहा भएपछि लामिछानेले पार्टीमा औपचारिक उपस्थिती जनाउने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पार्टीको कामकाजमा फर्कने भएका छन्। केन्द्रीय समितिको बैठक आइतबार अपराह्न बस्नेछ, जसमा लामिछानेले औपचारिक रूपमा पार्टीमा आफ्नो उपस्थिती जनाउनेछन्। सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। जेलमा पुर्पक्ष भइसकेपछि पार्टीले उपाध्यक्ष डिपी अर्याल (डोलप्रसाद) लाई कार्यवाहक अध्यक्ष बनाएको थियो। महामन्त्री...

डा. बाबुराम भट्टराई चार दिने भारत भ्रमणमा जाने

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार चार दिने भारत भ्रमणमा जान लागेका छन्। भ्रमणका क्रममा उनले मुम्बई र नयाँ दिल्लीमा आयोजना हुने विभिन्न प्राज्ञिक तथा कूटनीतिक कार्यक्रमहरूमा सहभागी भई सम्बोधन गर्ने तालिका रहेको छ। भट्टराईको सचिवालयका अनुसार उनी भारतको प्रतिष्ठित संस्था आइआइटी बम्बेमा आयोजित 'टेकफेस्ट' कार्यक्रममा 'किनोट स्पिच' दिनेछन्। यस...

फागुन २१ कै मितिमा निर्वाचन अपरिहार्य : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको समयमै प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। उनले फागुन २१ गते नै निर्वाचन हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका हुन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँग भएको भेटघाटका क्रममा कोइरालाले पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरे। प्रजातन्त्रको आधार नै निर्वाचन भएकाले कांग्रेस निर्वाचन प्रक्रियामा...

विजयी नहुँदा पनि एमाले अभियानमा पोखरेलको अडिग प्रतिबद्धता

काठमाडौं: नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले पार्टीको अभियानमा निरन्तर संलग्न रहने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरेलले मतपरिणाम सार्वजनिक भएपछि फेसबुकमा लेख्दै भनेका छन्, “आफू अध्यक्ष बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता अटूट रहने छ।...

एमाले अध्यक्षमा ओली विजयी

काठमाडौं — नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा ह्याट्रिक गरेका हुन्। अन्तिम मतपरिणामअनुसार ओलीले १६६३ मत प्राप्त गरेका छन् भने पोखरेलले ५६४ मत मात्र पाएका छन्। ओलीले दुई तिहाई मत हासिल गर्दै स्पष्ट...

डिजिटलाईजेसनले प्रदेश सरकारको खर्च घटाउन सकिन्छ : कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारलाई प्रभावकारी र कम खर्चिलो बनाउन सीमित संख्याका मन्त्री पर्याप्त हुने धारणा व्यक्त गर्नुभएको छ। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले प्रदेश सरकारमा मुख्यमन्त्रीसहित वित्त र प्रशासन हेर्ने गरी तीन जना मन्त्री भए पनि काम सञ्चालन गर्न सकिने बताउनुभयो। संघीय व्यवस्थालाई...

एमाले सचिव पदको दौडबाट लेखराज भट्ट बाहिरिए

काठमाडौँ — नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता लेखराज भट्टले पार्टी सचिव पदमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। अध्यक्ष पदका दाबेदार केपी शर्मा ओली पक्षबाट सचिवमा उनको नाम तय गरिएको भए पनि भट्टले अन्तिम समयमा आफू प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पारेका हुन्। एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनका क्रममा अध्यक्ष ओलीले पदाधिकारीका सम्भावित नामहरू...

एमाले महासचिवमा शंकर पोखरेललाई अघि सार्ने ओली पक्षको तयारी

काठमाडौँ — नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टी महासचिवमा शंकर पोखरेललाई उम्मेदवार बनाउने तयारी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको छ। निर्वाचन कार्यतालिका सार्वजनिक भएपछि शीर्ष नेताहरूबीच भएको छलफलका आधारमा पोखरेललाई नै महासचिवको उम्मेदवार बनाइने स्रोतको भनाइ छ। महासचिव पदका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङले पनि...

आगामी निर्वाचनका लागि तेह्रथुमबाट उम्मेदवारका रूपमा महामन्त्री  गगन थापाको एकल नाम सिफारिस

काठमाडौं । तेह्रथुमबाट कांग्रेस उम्मेदवारका रूपमा प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको छ। जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार, तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा अगाडि आएको हो। उनीहरूले बताए अनुसार संविधानसभा सदस्य तुलसी सुब्बाको कारबाही फुकुवा नहुँदा उम्मेदवारको चयनमा छलफल भइरहेको क्रममा गगन थापाको नाम...

एक व्यक्तिको आकांक्षाले पार्टी कमजोर नहोस् : कर्णबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले कुनै एक व्यक्तिको आकांक्षाका कारण पार्टी कमजोर पार्न नहुने बताएका छन्। एमालेको ११औँ महाधिवेशन सुरु हुनुभन्दा एक दिनपहिले, शुक्रबार (मंसिर २६) काठमाडौंमा आयोजित ईश्वर पोखरेल समूहको युवा भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। थापाले पार्टीभित्र स्थापित शान्ति र...