मधेस प्रदेश सभामा बजेट विवाद, अर्थमन्त्री यादवको राजीनामा माग गर्दै बैठक अवरुद्ध

जनकपुर — मधेस प्रदेश सभाको बैठक बिहीबार अर्थमन्त्री सुनिल यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको छ। प्रतिपक्षी जसपा नेपालका सांसद रामअशिष यादवले बजेटमा गडबडी भएको र बिचौलियाको स्वार्थ पूरा भएको आरोप लगाउँदै, अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन नचाल्ने अडान लिए। बजेट पुस्तिका सम्बन्धमा विरोध छ, किनभने सुरुमा ४६२...

अमेरिकाद्वारा भारतीय सामानमा ५०% भन्सार कर लागू, भारतले निर्णयलाई ‘अनुचित’ भन्दै विरोध

वासिङ्टन डीसी—अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार शुल्क लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ, जसपछि भारतीय वस्तुहरूमा अब कुल ५० प्रतिशत भन्सार लाग्नेछ। यो निर्णय अमेरिकी समयअनुसार अगस्ट २७ देखि लागू गरिएको हो। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट कच्चा तेल आयात गरेर युक्रेन युद्धमा अप्रत्यक्ष रूपमा रुसलाई सहयोग गरिरहेको आरोप...

सेयर बजारमा उत्साह: नेप्से ५३ अंकले उकालो, कारोबार सात अर्ब नाघ्यो

काठमाडौं, नेप्से परिसूचकले बुधबार नौ दिनपछि पुनः २८ सय विन्दु पार गरेको छ। भदौ १ गते २८०३ विन्दु पुगेपछि घट्न थालेको नेप्से यस दिन ५३.०१ अंकले उकालो लाग्दै २८१९.१० विन्दुमा पुगेको हो। सेयर बजारमा कारोबार रकममा समेत उल्लेखनीय वृद्धि देखिएको छ। मंगलबार ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ८३ प्रतिशतले...

रौतहटको रुबी हत्या प्रकरणमा संलग्न प्रेमी लक्ष्मण पासवान पक्राउ

चन्द्रपुर (रौतहट), —रौतहटको माधवनारायण नगरपालिका–६ की २४ वर्षीया रुबीकुमारी साहको हत्या घटनामा संलग्न भएको आरोप लागेका प्रेमी लक्ष्मण पासवान पक्राउ परेका छन्। बुधबार बिहान पासवानले आत्मदाह प्रयास गरेका थिए। उनलाई आगो लागेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरी चौकी माधोपुरको टोलीले शिवनगरतर्फ जाने बाटोमा रहेको राजदेवी...

मनाङ–२ उपनिर्वाचन कात्तिक १७ मा, प्रक्रिया छोट्याएर अघि बढाउने तयारी

काठमाडौं, निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गरिने जनाएको छ। उपनिर्वाचनको मिति सर्वोच्च अदालतले सो क्षेत्रबाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पदमुक्त गर्ने फैसला सार्वजनिक गरेपछि तय गरिएको हो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सर्वोच्चको निर्णयले आयोगलाई...

कुवेतमा विषाक्त मदिरा प्रकरण : मृत्यु भएका पाँच नेपालीको शव काठमाडौं आइपुग्यो

काठमाडौं — कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीहरू मध्ये पाँचजनाको शव काठमाडौं ल्याइएको छ। कुवेत स्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार ती शवहरू बिहीबार काठमाडौं आइपुगेका हुन्।"हामीले मृत्यु हुनेमध्ये पाँचजनाको शव पठाएका थियौं, ती बिहीबार काठमाडौं आइपुगे," उनले जानकारी दिए। गत साता कुवेतमा विषाक्त मदिरा सेवनपछि १६० भन्दा...

१२८ ग्राम ब्राउन सुगरसहित एकजना धरानबाट पक्राउ

धरान — सुनसरी प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। शुक्रबार इटहरी उपमहानगरपालिका–१७ बाट १२८ ग्राम ब्राउन सुगरसहित कारोबारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए। पक्राउ परेका व्यक्ति सप्तरीको मलहनिया घर भई हाल इटहरी–१७ बालग्रामस्थित गणेशप्रसाद ढकालको घरमा डेरा गरी बस्ने ३७ वर्षीय...

काम भन्दा लोकसेवा रट्नमै सरकारी कर्मचारी व्यस्त : मन्त्री न्यौपाने

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरू कामभन्दा पनि लोकसेवा तयारीमा बढी केन्द्रित हुने प्रवृत्तिप्रति गुनासो गरेकी छन्। शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठकमा संघीय निजामती विधेयकमाथिको दफावार छलफलका क्रममा मन्त्री न्यौपानेले कर्मचारीहरूमा सेवा प्रवाह गर्ने मनोवृत्ति कम देखिएको धारणा राखिन्। उनले भनिन्, "म मन्त्रालयमा आएपछि देखेँ,...

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन समिति बनाउने सरकारको संकेत

काठमाडौं, सरकारले सौर्य एयरलाइन्सको हालैको दुर्घटनाबारे थप अनुसन्धान गर्न न्यायिक छानबिन समिति गठन गर्ने तयारी गरेको छ। बुधबार सिंहदरबारमा बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यसबारे संकेत दिएका हुन्। मन्त्री पाण्डेले सांसदहरूले उठाएको प्रश्न र समितिको निर्देशनका आधारमा दुर्घटनाबारे न्यायिक छानबिन आवश्यक देखिएको...

बुधबार पनि गठन भएन संवैधानिक इजलास

काठमाडौँ, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले नियमित तालिका अनुसार बुधबार पनि संवैधानिक इजलास गठन गरेका छैनन्। सामान्यतः बुधबार र शुक्रबार संवैधानिक इजलास सञ्चालन हुने न्यायिक अभ्यास रहँदै आएको भए पनि पछिल्ला दिनहरूमा उत्पन्न विवादका कारण नियमित गठन हुन सकेको छैन। साउन २५ गते पछिल्लो पटक संवैधानिक इजलास बसेको थियो। त्यसयता इजलास गठन हुन नसकेको...