सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले बिहीबार शिष्टाचार भेट गरेका छन्। सञ्चार मन्त्रालयमा सम्पन्न उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, नेपालको वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ। भेटमा मन्त्री खरेलले जेनजी आन्दोलनपछि देखिएको राजनीतिक परिदृश्य...

नवनियुक्त चार मन्त्रीसहितको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ — दोस्रो पटक मन्त्रिपरिषद् विस्तारपछि नवनियुक्त चार मन्त्रीसहितको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङसहित हालै नियुक्त भएका मन्त्रीहरू महावीर पुन, जगदीश खरेल, अनिलकुमार सिंहा र मदन परियार सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, प्रशासनिक विषय तथा...

सरकारको निर्णय: अर्थ मन्त्रालयमा दुई सचिवको अभ्यास अन्त्य, एक सचिवले सम्हाल्ने जिम्मेवारी

काठमाडौँ — सरकारले दुई सचिव रहेको अर्थ मन्त्रालयमा अब एक जना मात्र सचिव राख्ने निर्णय गरेको छ। राजस्व सचिवको पद हटाएर तत्कालका लागि एक सचिवमार्फत काम संचालन गरिने निर्णय मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको हो। हाल अर्थ मन्त्रालयमा घनश्याम उपाध्याय अर्थसचिवको रूपमा कार्यरत छन्। यसअघि मन्त्रालयमा अलग्गै राजस्व सचिवको अभ्यास हुँदै आएको...

‘पुनःनिर्माण कोष’मा सहयोग गर्न मन्त्री घिसिङको आह्वान

काठमाडौँ, असोज ९ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हालैको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनःनिर्माणका लागि स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा सबै वर्ग र समुदायको साथ र योगदान आवश्यक भएको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री घिसिङले आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरूको पुनःनिर्माण,...

५८ अंकले उकालो लाग्यो नेप्से, सात स्टकमा सकारात्मक सर्किट

काठमाडौं – नेप्से परिसूचक मंगलबार उच्च अंकले वृद्धि भई २६८२.२५ विन्दुमा पुगेर बन्द भएको छ। परिसूचक ५८.६३ अंकले बढेको हो। यस दिन कुल ३२८ वटा स्टकको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भयो। नेप्सेमा दोहोरो अंकको वृद्धि हुँदा...

कारागारबाट फरार रायमाझी डिल्लीबजार जेलमा फर्किए

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेकपा (एमाले) नेता तथा निलम्बित सांसद टोपबहादुर रायमाझी फेरि कारागारमा फर्किएका छन्। डिल्लीबजार कारागार स्रोतका अनुसार उनी मंगलबार पुनः कारागारमा उपस्थित भएका हुन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी सुन्धारास्थित कारागारबाट भागेका थिए। करिब दुई सातापछि उनी पुनः सोही...

सरकारद्वारा तीन सचिवको पदस्थापनमा हेरफेर

काठमाडौं – सरकारले तीनजना सचिवको पदस्थापनमा हेरफेर गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, हालसम्म गृह मन्त्रालयमा कार्यरत गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। दुवाडी भदौ २१ गते गृहसचिवका रूपमा नियुक्त भएका थिए। जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले उनकाे निवासमा आगजनीसमेत...

दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने :सञ्चारमन्त्री खरेल

काठमाडौँ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने महत्त्वपूर्ण घोषणा गर्नुभएको छ। मन्त्री खरेलका अनुसार, दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ। यसका साथै, पाँच महिनाभित्र राजधानीसहित देशका सात प्रदेशका १० प्रमुख शहरका सार्वजनिक स्थलहरूमा पनि यस्तो सेवा सुनिश्चित...

ललितपुरमा प्रहरी भवन तोडफोड र हतियार लुटपाटमा संलग्न १३ जना पक्राउ

काठमाडौं, — भदौ २४ गते देशव्यापी आन्दोलनको क्रममा ललितपुरमा प्रहरी कार्यालय, निजी घर तथा व्यवसायिक भवनमा तोडफोड र आगजनी गर्ने १३ जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि लुटपाट र प्रहरी हतियार चोरीजस्ता गम्भीर अभियोगमा अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी चक्रराज जोशीका अनुसार सोमबारसम्म १३ जनालाई पक्राउ...

‘ब्लक एभरिथिङ’ अभियानले फ्रान्सको जनजीवन प्रभावित

पेरिस, फ्रान्सभरि प्रमुख ट्रेड युनियनहरूले सामाजिक कल्याणमा कटौती र मितव्ययी नीतिको विरोधमा व्यापक हड्ताल र प्रदर्शन थालेका छन्। नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रस्ताव गरेको बजेट योजनाले जनजीवन प्रभावित पार्ने देखिएको छ। युनियनहरूले लेकोर्नुलाई अघिल्लो सरकारले तयार पारेको बजेट मस्यौदा फिर्ता लिन माग गर्दै सामाजिक सुरक्षामा कटौती अस्वीकार्य भएको चेतावनी दिएका छन्।...