पहिरोले यात्रामा बाधा, दाउन्ने र चौकीडाँडामा लामो जाम

काठमाडौं, दसैं नजिकिँदै गर्दा देशका प्रमुख राजमार्गहरू पहिरोका कारण अवरुद्ध हुन थालेका छन्। नवलपरासीको दाउन्नेमा बिहीबार रातिदेखि निरन्तर पहिरो खसिरहेकाले सवारी आवागमनमा समस्या देखिएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व) का अनुसार पहिरोको कारण दुवैतर्फ सवारी साधनको लामो जाम लागेको छ। बिचबिचमा पहिरो पन्छाएर सवारी पार गराउने प्रयास भइरहेको भए पनि...

मधेशमा मल अभाव: युरिया सकिँदै, डीएपीले कति पुर्‍याउला राहत?

वीरगन्ज, जेनजी आन्दोलनका कारण रक्सौल र सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएको कृषि सामग्री कम्पनीको डीएपी मल अब वीरगन्जस्थित गोदाममा भित्रिन थालेको छ। आन्दोलन शान्त भएसँगै यो मल भित्र्याउने प्रक्रिया अगाडि बढेको हो। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार ग्लोबल टेन्डरमार्फत भारतको आदित्य बिरला कम्पनी र आईपीएल कम्पनीले...

चुनावअघि नयाँ दल दर्ता सम्भव : निर्वाचन आयोग

काठमाडौं, निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ता गर्न चाहने पक्ष आए आयोग तयारी अवस्थामा रहेको जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कानुनअनुसार नयाँ दल दर्ताको प्रक्रिया अवरुद्ध नभएको बताउँदै आयोग आवश्यक तयारीसहित प्रस्तुत रहेको बताए। “चुनावको मिति घोषणा भइसकेको अवस्थामा पनि दल दर्तामा कुनै रोकावट छैन,” भण्डारीले सञ्चारमाध्यम...

एन्फाले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि एएफसीको जरिवाना

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एसियाली फुटबल महासंघ (एएफसी)ले कारबाही गरेको छ। एएफसीको अनुशासन तथा आचारसंहिता समितिले गत अगस्ट २१ मा बसेको बैठकपछि एन्फामाथि कारबाही गरिएको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो। कारबाहीको कारण, एन्फाले सन् २०२६ को एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताबाट नियमभन्दा ढिलो गरी नाम फिर्ता...

सुनसरीमा ५ हजार केजी गाँजा बरामद, तस्कर फरार

सुनसरी । इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले ५ हजार केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। शनिबार राति विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी, पकलीबाट खटिएको २१ सदस्यीय टोलीले सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा उक्त गाँजा फेला पारेको हो। सशस्त्र प्रहरीका अनुसार, गस्तीका...

लोकप्रिय गायिका इन्दिरा गोलेको निधन

काठमाडौं । चर्चित गायिका इन्दिरा गोलेको निधनप्रति नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले दुःख व्यक्त गरेका छन्। नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्देश व्यक्त गरेका हुन्। उनले लेखेका छन्, “ललितपुरको दुर्गम गाउँमा जन्मेर नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएकी लोकप्रिय गायिका इन्दिरा गोलेको निधनको...

नेपालमा बालबालिकाको संख्या घट्दै

काठमाडौं — राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा बालबालिकाको संख्या लगातार घटिरहेको छ भने बुढ्यौली जनसंख्या तीव्र रूपमा बढ्दै गएको छ। विगत केही दशकमा १४ वर्षमुनिका बालबालिकाको हिस्सा घटेर ४२.४ प्रतिशतबाट २७.८ प्रतिशतमा झरेको छ। यसैबीच ६० वर्षमाथिका वृद्धको संख्या दोब्बर बढेर १०.२ प्रतिशत पुगेको छ। यो जनसंख्या संरचनाको परिवर्तनले नेपाललाई...

इसराइलको दाबी: गजामा हमास प्रवक्ता अबु ओबेइदा मारिए

काठमाडौं । इसराइलले गजामा सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा हमासका प्रमुख प्रवक्ता अबु ओबेइदा मारिएको दाबी गरेको छ। इसराइली सुरक्षाका उच्च अधिकारीहरूले हमासविरुद्धको कारबाहीलाई तीव्र बनाउने रणनीतिसहित बसेको सुरक्षा क्याबिनेट बैठकमा ओबेइदाको मृत्युबारे जानकारी दिएका हुन्। तर, हमास पक्षले यसबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन। इसराइली रक्षामन्त्री योआव गालान्तले ओबेइदाको वास्तविक नाम...

विना तयारी आयोजना कार्यान्वयनमा जाँदा समस्या बढेको: प्रा.डा शिवराज

काठमाडौं — राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले तयारी नपुगेका आयोजना कार्यान्वयनमा जानु मुख्य चुनौती भएको बताएका छन्। पूर्व योजनाकार मञ्चद्वारा आयोजित ‘बजेट कार्यान्वयन र समाधानमा चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले दुई खालका कार्ययोजना बनाइएको जानकारी दिए— एक, अध्ययनमात्र गरिने आयोजना र अर्को, सम्पूर्ण प्रक्रिया पुरा गरी कार्यान्वयनमा लगिने आयोजना। उनका...