पर्सामा भारी मात्रामा लागुऔषध बरामद, ट्रमाडोलको ८१ हजार बढी ट्याब्लेट फेला

पर्सामा भारी मात्रामा लागुऔषध बरामद, ट्रमाडोलको ८१ हजार बढी ट्याब्लेट फेला
वीरगन्ज । सशस्त्र प्रहरी बलले पर्साको वीरगन्ज–छपकैया क्षेत्रस्थित भकुवा नाकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर सिंहको कमान्डमा खटिएको टोलीले मंगलबार बिहान भकुवा नाकाबाट लागुऔषध बरामद गरेको हो। भारतबाट अवैध रूपमा दुई जना व्यक्तिले टाउकोमा बोकेर नेपालतर्फ...

दार्चुलामा चट्याङ लागेर दुई जना घाइते

दार्चुलामा चट्याङ लागेर दुई जना घाइते
दार्चुला, जेठ ६ । दार्चुलामा चट्याङ लागेर दुई जना व्यक्ति घाइते भएका छन् भने एक गाई र एक खसीको ज्यान गएको छ। सोमबार साँझ महाकाली नगरपालिका–६, निसिलमा चट्याङ परेर अठार वर्षीय जनकसिंह धामी र छ वर्षीय दिवान्स धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरी चौकी धापका प्रहरी सहायक...

त्रिभुवन विमानस्थलमा २५ ग्राम सुनसहित एक जना यात्रु पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २५ ग्राम सुनसहित एक जना नेपाली यात्रु पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति पोखरा महानगरपालिका–११, राधाकृष्णटोल निवासी ४८ वर्षीय दिपक केसी हुन्। प्रहरीका अनुसार, दिपक केसी सोमबार बिहान हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए। विमानस्थलमा सुरक्षा जाँचका क्रममा उनको साथमा रहेको सुनको सिक्री फेला परेपछि...

रवि लामिछाने र छविलाल जोशीले दायर गरेको रिट निवेदन सोमबार पनि सुनुवाइ हुन सकेन

रवि लामिछाने र छविलाल जोशीले दायर गरेको रिट निवेदन सोमबार पनि सुनुवाइ हुन सकेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दायर गरेको रिट निवेदनमा सोमबार पनि सुनुवाइ हुन सकेन । लगातार दोस्रो दिन पनि मुद्दा हेर्न नमिल्ने (बञ्च) इजलासमा परेको हो । आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा मुद्दा परे पनि न्यायाधीश पोखरेलले लामिछाने पक्षबाट अघिपछि वकालत...

मधेश प्रदेशका पूर्व मन्त्रीसहित आठ जनाविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । मधेश प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवसहित आठ जनाविरुद्ध करिब ३० करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सर्लाहीस्थित बागमती नगरपालिकाको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा अवैध उत्खनन गरी खाल्डोमा माछापोखरी निर्माणको नाममा सरकारी रकम दुरुपयोग गरिएको...

दमकल ढिलाइको गुनासोपछि मखन आगलागी छानबिन गर्न उपप्रमुख डंगोलको आदेश

दमकल ढिलाइको गुनासोपछि मखन आगलागी छानबिन गर्न उपप्रमुख डंगोलको आदेश
काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले मखन टोलमा वैशाख ३१ गते राति भएको भीषण आगलागीको घटनाबारे प्रभावकारी छानबिन गर्न निर्देशन दिएकी छिन्। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्। उपप्रमुख डंगोलले आगलागी स्थलको अनुगमनपछि घटनाको पूर्ण अध्ययन, दोष र कमजोरीको...

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश

काठमाडौं । ललितपुर जिल्ला अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले उक्त आदेश दिएको हो। यादवलाई प्रहरीले २०७९ साल वैशाख ७ गते सप्तरीबाट ठगी अभियोगमा पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार धरौटी...

साताको पहिलो दिन सामान्य गिरावटसँगै नेप्से बन्द, साढे ८ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बजार बन्द हुँदा नेप्से २.७९ अंकले घट्दै २,६०९.०५ विन्दुमा अडिएको हो। सेन्सेटिभ इन्डेक्स पनि १.८३ अंकले घटेर ४३८.१७ विन्दुमा झर्‍यो। आजको कारोबारमा कुल ३०९ वटा स्क्रिप्सका १ करोड ६९ लाख ७ हजार ७३६ कित्ता सेयर किनबेच...

समिति संयोजकबाट हटाइएका वडाध्यक्षहरूको आरोप– ‘बालेनले बैठक छल्न खोज्दै’

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका अन्तर्गत रहेका चार वटा समितिका संयोजकहरूलाई हटाएका छन्। हटाइएका वडाध्यक्षहरूले आफूहरूलाई कार्यपालिका बैठक नबोलाउने विषयबाट ध्यान मोड्न हटाइएको आरोप लगाएका छन्। महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले पाँच महिनासम्म कार्यपालिका बैठक नबोलाइएको विषयको आलोचना गर्दा आफूलाई समितिबाट हटाइएको दाबी...

कारको ठक्करबाट मध्यबानेश्वरमा तीन वर्षीय बालकको ज्यान गयो

काठमाडौं — काठमाडौंको मध्यबानेश्वरमा कारको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी बालक शिवांस झाको ज्यान गएको हो। बा.प्र.०१–३१ च ९५६३ नम्बरको कार कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गर्दा बालकलाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल पुर्‍याइएको थियो, तर उपचारको क्रममा...