गण्डकीमा अविरल वर्षाले जोखिम बढ्यो, प्रदेश सरकारद्वारा उच्च सतर्कता जारी

पोखरा । गण्डकी प्रदेशमा गए रातिदेखि जारी भारी वर्षाले बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दै प्रदेश सरकारले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कास्कीको लुम्ले क्षेत्र तथा आसपासका स्थानमा भारी वर्षा भइसकेको र अझै वर्षा जारी रहने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको...

संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकै वर्षमा १५ खर्ब बढी खर्च

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ सकिँदासम्म संघीय सञ्चिति कोष दुई खर्ब रुपैयाँभन्दा बढी घाटामा पुगेको छ। अर्थ मन्त्रालयका अनुसार साउन ३२ गतेसम्म कोषको घाटा दुई खर्ब चार अर्ब रुपैयाँ पुगेको हो। गत साउनको तुलनामा घाटा करिब २० अर्ब रुपैयाँले घटेको मन्त्रालयले जनाएको छ। साउन १ गतेको अवस्था अनुसार कोषको घाटा दुई खर्ब...

रुकुम पश्चिममा जीप दुर्घटना, ७ जना घाइते

काठमाडौं। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै आज बिहान जीप दुर्घटना भएको छ। वडा नं. २ को बादँरपानी, रुघा हुँदै खलङ्गा जाँदै गरेको लु १ ज ४११२ नम्बरको जीप अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनामा चालकसहित १० जना यात्रु थिए, जस मध्ये सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम...

सौर्य एयरलाइन्सको दुर्घटनामा परेको ९एन–एएमई–सीआरजे २०० जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक

काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनामा परेको ९एन–एएमई–सीआरजे २०० जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित विशेष समारोहमा उक्त प्रतिवेदन हस्तान्तरण गरिएको हो। दुर्घटना जाँच आयोगका अध्यक्ष तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन हस्तान्तरण गरेका...

उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा

काठमाडौं । उच्च अदालत विराटनगर अन्तर्गत ओखलढुंगामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। बिहीबार उनले सर्वोच्च अदालतमा उपस्थित भई राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले लम्सालको राजीनामाको पुष्टि गरेका छन्। न्यायाधीश लम्साल उमेर हदका कारण एक वर्षपछि अनिवार्य अवकाशमा जानुपर्ने अवस्था थियो। तर स्वास्थ्य अवस्थाका कारण उनले त्यसअघि...

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा ओली सरकार अल्पमतमा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले सरकारप्रति समर्थन फिर्ता गर्ने निर्णय गरेको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी दिए। सांसद अधिकारीका अनुसार सरकारप्रति बारम्बार उठाइएका राजनीतिक तथा नीतिगत विषयहरूमा सकारात्मक प्रतिक्रिया नआएको, भ्रष्टाचार र...

सेयर बजारमा जोरदार उछाल, नेप्से २८ सय नजिक पुग्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

काठमाडौँ — बुधबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.०३ मा पुगेको छ, जसले बजारलाई २८ सय नजिक पुर्‍याएको छ। मंगलबार ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार कारोबार रकम उल्लेखनीय रूपमा बढेर १४ अर्ब ३ करोड रुपैयाँ नाघेको छ। बुधबारको कारोबारमा १९३ कम्पनीको सेयर मूल्य...

सेप्टेम्बरदेखि खुल्दै फिफा विश्वकप २०२६ का टिकट आवेदन

काठमाडौं — फिफा विश्वकप २०२६ का लागि पहिलो चरणमा टिकट आवेदन प्रक्रिया १० सेप्टेम्बर २०२५ देखि सुरु हुँदैछ। फुटबलको सर्वोच्च संस्था फिफाले बुधबार जानकारी दिँदै भनेको छ कि दर्शकहरूले FIFA.com/tickets मा गएर आफ्नो टिकट किन्ने आवेदन र फिफा आइडी बनाउन सक्नेछन्। फिफा अध्यक्ष जियानी इनफान्टिनोले संयुक्त राज्य अमेरिकामा सम्पन्न फिफा क्लब विश्वकप...

सिविसानको १९औं बैठक धुलिखेलमा सम्पन्न

सिविसानको १९औं बैठक धुलिखेलमा सम्पन्न
काभ्रे — नगरव्यापी समावेशी सरसफाइ एलायन्स नेपाल (सिविसान) को १९औं बैठक १५ जुलाई २०२५ मा काठमाडौँ विश्वविद्यालयको ग्लोबल सरसफाइ स्नातकोत्तर स्कूल (KU-GSGS) र काठमाडौँ विश्वविद्यालयको नेशनल टेक्नोलोजी इनोभेटिभ सेन्टरको संयुक्त आयोजनामा धुलिखेलमा सम्पन्न भएको छ। यो बैठकले समावेशी, सुरक्षित र दिगो सरसफाइ सेवाका लागि बहुक्षेत्रीय सहकार्य, प्राविधिक नवप्रवर्तन, नीति कार्यान्वयन, र...

दुई जर्मन कम्पनीलाई इ–राहदानी आपूर्तिको ठेक्का

दुई जर्मन कम्पनीलाई इ–राहदानी आपूर्तिको ठेक्का
काठमाडौं ।राहदानी विभागले इ–राहदानी आपूर्तिका लागि जर्मनीका दुई कम्पनी मुएलबाउर र भेरिडोसलाई ठेक्का दिने निर्णय गरेको छ। सार्वजनिक टेन्डर प्रक्रियामा यी कम्पनीहरूले फ्रेन्च प्रतिस्पर्धी आइडिमियाभन्दा झन्डै १ करोड २० लाख अमेरिकी डलर सस्तो प्रस्ताव पेस गर्दै प्रतिस्पर्धा जितेका हुन्। मुएलबाउरले डाटा इनरोलमेन्टका लागि १ करोड १० लाख डलरको प्रस्ताव प्रस्तुत गरेको...